४ मंसिर, सिरहा । सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ ।
प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने ठूलो परिमाणका कच्चा पदार्थ तथा उपकरणसमेत बरामद गरेको छ।
बिहीबार विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर नहर क्षेत्रमा प्रहरीले छापा मारेको हो ।
अवैध रूपमा घरेलु मदिरा उत्पादन गरिरहेका तीनवटा भट्टी फेला पारी नष्ट गरिएको डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
डीएसपी पालका अनुसार, भट्टीमा मदिरा उत्पादनका लागि प्रयोग भइरहेको ड्रम तथा कसौंडीमा राखिएको करिब १ हजार ५०० लिटर कच्चा पदार्थसमेत पोखेर नष्ट गरेको छ ।