Trending
Prev Story
Next Story

गाँजा तस्करीमा जनप्रतिनिधिकै साँठगाँठ

Nagarik News •
November 21, 2026 • 03:12 AM
4
4 reads 0 reactions

धनकुटामा उत्पादन भएको गाँजा भारतसम्म पु¥याउन प्रहरी संगठनका केही कर्मचारी, केही जनप्रतिनिधि, राजनीतिक दलका केही नेता र तस्करबिच साँठगाँठ रहेको खुलेको छ।

गाँजा तस्करीमा जनप्रतिनिधिकै साँठगाँठ

धनकुटामा उत्पादन भएको गाँजा भारतसम्म पुर्‍याउन प्रहरी संगठनका केही कर्मचारी, केही जनप्रतिनिधि, राजनीतिक दलका केही नेता र तस्करबिच साँठगाँठ रहेको खुलेको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० का वडाध्यक्ष एकबहादुर राईले गाउँका केही किसानलाई भेला गरी गाँजा भारतसम्म पुर्‍याउन प्रहरीले भनेजति पैसा दिनुपर्ने भनेको भिडियो नागरिकलाई प्राप्त भएपछि यस्तो रहस्य खुलेको हो।

वडाध्यक्ष राईले किसानसँग गाँजाको कारोबार सम्बन्धमा एमाले धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राईको सहजीकरण र आफूले जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकाबारे प्रस्ट्याउँदै प्रहरीले भनेजति पैसा पाउनुपर्ने अडान राखेको प्राप्त भिडियोमा सुनिन्छ।

एमालेबाट निर्वाचित वडाध्यक्ष राईले गाँजा कारोबार रोक्न अहिले प्रहरीलाई केन्द्रबाट बढी नै दबाब आउने गरेकाले उनीहरूलाई खुसी पार्न भनेजति पैसा दिन किसानलाई दबाब दिएका छन्। उनले भिडियोमा भनेका छन, ‘हामी जनप्रतिनिधिले यो समस्या समाधान गरेका थियौं तर यो पालि चाहिँ माथिको दबाब छ। तर पनि हामीले पार्टीका हिसाबले पनि मान्छेहरू राखेका छौं।’

उनले गाँजा कारोबारका लागि एमालेबाट संघीय संसद्मा निर्वाचित राजेन्द्र राईको मुख्य भूमिका रहेको बताएका छन्। ‘यसमा प्रस्ट भन्नुपर्दा पार्टीबाट सहजीकरण गर्ने, केन्द्रमा मिलाउने हाम्रो माननीय राजेन्द्र (राजेन्द्र राई) लगायत अन्य साथीहरू छन्,’ भिडियोमा वडाध्यक्ष राईले भनेका छन्। उनले गाँजा उत्पादन हुने मुख्य स्थान सहिदभूमि गाउँपालिका–१ का अशोक राईको पनि भूमिका रहेको भिडियोमा खुलाएका छन्।

वडाध्यक्ष राईले प्रहरी सांसद राईबाट गाँजा कारोबारका लागि कांग्रेस र एमालेका नेतालाई मिलाएर टिममा राखेर अभियान सञ्चालन गर्न सुझाव आएको पनि उल्लेख गरेका छन्।

‘हाम्रो साँगुरीगढी गाउँपालिकामा चाहिँ नेपाली कांग्रेसबाट नेपालधन राई र एमालेबाट यामबहादुरलाई मिलाएर राख्दा चाहिँ राम्रो हुन्छ भन्ने पुलिसबाट पनि र अनि हाम्रा राजेन्द्र माननीयको पनि सुझाव रहेको छ,’ उनले  भनेका छन्।

वडाध्यक्ष राईले प्रहरीबाट आफूले पाउँदै आएको पैसा बढाउन माग भएको पनि खुलाएका छन्। ‘अब पुलिस चाहिँ साबिक वडा नं. १० मा तीन लाख बोटभन्दा कम गाँजा छैन भन्छ। जितेन लामदालीको एक लाख ६४ हजार मात्र आयो,’ उनले भने, ‘अस्तिको पैसा पनि त्यहीबाट मेकअप गर्नुपर्ने हुन्छ।’

उनको भनाइअनुसार किसानसँग पैसा उठाउँदा साँगुरीगढी वडा नं. १० बाट १४–१५ लाख रुपैयाँ मात्र हुन्छ। ‘त्यसलेचाहिँ पुलिसले मान्छ जस्तो लाग्दैन। अब हामीले के गर्ने ? बोट संख्या त्यति नै हो भने हामीले केही रकम बढाउनुपर्ने हुन्छ। मान्यो भने त राम्रो कुरा हो,’ उनले किसानसँग भनेका छन्।

उनका अनुसार प्रहरीले भनेजति पैसा बुझाउन नसके समस्या आउन सक्छ। ‘अब पैसा बुझाउन नसक्दा मान्छ जस्तो लाग्दैन। समस्या आउँछ। त्यतिखेर मन दुःखाइ हुन्छ,’ उनले भनेका छन्, ‘मेरोचाहिँ अनुरोध तपाईंहरू–किसान) छलफल गर्नुहोस्। एउटा जनप्रतिनिधिको नाताले मलाई नै फोन आउँछ। प्रहरीले मासौं कि के गरौं भन्छन्। अनि मैले मास्नुचाहिँ हुँदैन है भन्ने हिसाबले अहिलेसम्म कुरा गर्दै आएको छु।’

धनकुटा, भोजपुर र उदयपुरका पहाडी तथा ग्रामीण क्षेत्रमा लगाइएको गाँजा संकलन गरी भारतसम्म पु¥याउन प्रहरीलाई पैसा बुझाउनुपर्ने र यसमा केही जनप्रतिनिधि र केही नेताले सहजीकरण गर्दै आएको उक्त भिडियोबाट प्रष्ट खुल्छ।

जनप्रतिनिधि र नेताहरूले किसानसँग उनीहरूको वार्षिक आम्दानीअनुसार पैसा उठाएर प्रहरीलाई पनि दिने र आफूले पनि राख्ने गरेको यसबाट खुल्छ। किसानले गाँजा कारोबारमा बिचौलियाको भूमिका निर्वाह गर्ने नेता र जनप्रतिनिधिलाई धेरै पैसा बुझाउनुपरेको गुनासो गर्दैै आएका छन्। सहिदभूमिका एक किसानले भने, ‘दलाललाई धेरै नै पैसा बुझाउनुपर्छ। बरु सरकारले यसलाई वैधानिकता दिए हामीले कर तिर्दा सरकारलाई नै  फाइदा हुन्थ्यो।’

नागरिकले सम्पर्क गर्दा वडाध्यक्ष राईले किसानले गाँजा खेती गरेको तर आफू त्यस्तो अवैध धन्दामा संलग्न नभएको दाबी गरेका छन्। उनले शुक्रबार साँझ टेलिफोनमा भने, ‘मैले त्यस्तो गरेको छैन। कुनै मान्छेबाट आएको हुन सक्छ। मैले निगरानी गर्ने कुरा पनि भएन। कसैले फेक भिडियो पनि उपलब्ध गराउन सक्छन्।’

उनले आफू बाटोमा रहेकाले गर्दा विस्तृत कुरा अर्को दिन गर्ने बताए। उनले ‘कहाँबाट सूचना आएको हो ? हाम्रै वडा नं. १० बाटै हो ?’ भनेर जिज्ञासा राखे।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले गाँजा तस्करीमा प्रहरीको मिलेमतो नभएको जिकिर गर्दै  आएका छन्।

धनकुटाका सहिदभूमि र साँगुरीगढी गाउँपालिका, भोजपुरका आमचोक र हतुवागढी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडामा ठुलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको छ।

किसानले गाँजा प्रतिकेजी पाँच हजारदेखि सात हजार रुपैयाँसम्ममा बिक्री गर्छन्। यताबाट लगेको गाँजा भारतमा प्रतिकेजी नौ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

पहाडी जिल्लामा उत्पादन हुने गाँजा तराई हुँदै भारत पु¥याउन कारोबारी समूहले विभिन्न मार्ग प्रयोग गर्छन्। धनकुटामा उत्पादित गाँजा मूलघाट पुल, भेडेटार, धरान, चतरा र उदयपुरको रामपुर ठोक्सिलामा भण्डारण भएर भारतसम्म पुग्छ।

त्यस्तै धनकुटाबाट सुनसरी जाने गाँजा धरान र चतरा क्षेत्रमा भण्डारण हुँदै भारत लगिन्छ। खासगरी धरानको तीनकुनेस्थित प्रहरी र चतरास्थित प्रहरीको आँखा छलेर कारोबारी समूहले गाँजा भारतसम्म पुर्‍याउने गरेको स्रोत बताउँछ। पहाडी जिल्ला उत्पादित गाँजा सुनसरीको लौकही, कोसी रिफ्रेन्समेन्ट सेन्टर, घुस्की, कप्तानगन्ज, गौतमपुर, अमडुवा र चिमडी भएर पनि भारतसम्म पुर्‍याइने गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पुष्प मल्लले गाँजा भारततर्फ गएको सूचनाका आधारमा प्रहरी परिचालन गर्दा फेला पार्न नसकेको बताए। ‘गाँजा तस्करी हुने गरेको सूचना आइरहन्छ। त्यही सूचनालाई आधार मानेर ग्राउन्डमा पुग्दा केही भेटिँदैन,’ उनले भने, ‘केही दिनअघि पनि कोसी गाउँपालिकाको भण्टाबारीमा शंकास्पद व्यक्तिको घरमा खोजतलास गर्दा केही भेटाउन सकिएन्।’

केही दिनअघि प्रहरीले भण्टाबारीका सन्तोष यादवको घरमा खोजतलास गरेको थियो। उनी यस क्षेत्रका नाम चलेका गाँजा कारोबारी भएको स्रोत बताउँछ। उनीसँग जिल्ला प्रहरी कार्यालयकै हबल्दारको साँठगाँठ रहेको स्रोतको दाबी छ। यसबारे प्रहरी प्रमुख एसपी मल्लले ‘भेरिफाई’  गर्ने बताए।

एसपी मल्ल भन्छन्, ‘हामी सक्रिय रूपमा जुट्दा पनि गाँजा सोचेअनुसार फेला पार्न नसक्नुमा एउटा कारण तस्करले रुट परिवर्तन गरेको हुन सक्छ। तस्करीमा संलग्न आत्तिएका पनि हुन सक्छन्। तस्करीमा संलग्न समूहका धेरै जना पक्राउ पनि परिसकेका छन्।’

धनकुटामा उत्पादित गाँजा तमोर कोरिडोरको बाटो हुँदै इलाम भएर पनि भारत पु¥याउने गरिएको छ। प्लास्टिकमा बेरेर कोसी नदीमा बगाएर पनि गाँजा झार्ने गरिएको छ। भोजपुरमा उत्पादित गाँजा पनि रानीटारको बाटो वा हतुवागढी हुँदै उदयपुरको रामपुर र सुनसरीको चतरा दुवैतर्फ ल्याउने गरिन्छ। उदयपुरका डिएसपी गणेशबहादुर बमले प्रायः गाँजा तस्करीमा यसको खेती गर्ने व्यक्ति नै संलग्न हुँदा सूचना सहजै नआउँदा नियन्त्रणमा लिन समस्या भएको बताए।

साउनदेखि कात्तिकसम्म कोसी प्रदेशका आठवटा जिल्लाबाट प्रहरीले ३१ हजार ८२० केजी ७३४ ग्राम गाँज बरामद गरेको छ। यस अवधिमा उदयपुर, सुनसरी, धनकुटा, मोरङ, इलाम, खोटाङ, झापा र भोजपुरबाट गरी ९६ जनालाई पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८३ ०८:५७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार …

#गाँजा
Compare →
Hamro Patro News
1w ago
गाँजा खेतीमा सर्वाेच्चको परमादेश : बाँझिँदो पहाडको सम्भावना र राज्यको पाँच दशकको निष्क्रियता

गाँजा खेतीमा सर्वाेच्चको परमादेश : बाँझिँदो पहाडको सम्भावना र राज्यको पाँच दशकको निष्क्रियता

भूमिका : नेपालका पहाडी गाउँबस्तीमा गाँजा कुनै अपरिचित वनस्पति होइन । कतिपय क्षेत्रमा प्राकृतिक रूपमा उम्रने र परम्परागत रूपमा चिनिने यो वनस्पति पछिल्लो पाँच दशकदेखि कानुनी निषेध र अपराधको बहससँग ज...

#गाँजा
Compare →

Related Stories

Politics & Governance
Build #2612