Trending
Prev Story
Next Story

गाँजासहित भारतीय दुई नागरिक पक्राउ

Nagarik News •
November 21, 2026 • 12:40 AM
3
3 reads 0 reactions

प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ।

गाँजासहित भारतीय दुई नागरिक पक्राउ

प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित भारतीय दुई नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार  उनीहरुलाई राप्ती नगरपालिका– १ लोथरबाट पक्राउ गरिएको हो।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम (गोप्य ठाउँ) बनाई लुकाइछिपाई राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उनले बताए।

प्रहरीले कन्टेनर र कन्टेनर चालक सत्यम र सह चालक रोहनलाई नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उनले बताए ।

प्रकाशित: ५ मंसिर २०८३ ०६:२५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटि...

#भारतीय #गाँजासहित #किलो
Compare →
Ekantipur
1d ago
भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ।

#गाँजासहित #किलो
Compare →
Onlinekhabar
5d ago
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

२९ कात्तिक, काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको …

#गाँजासहित #किलो
Compare →
Bizshala
4d ago
नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

काठमाण्डौ । नेपालले स्वदेशमा उत्पादित सिमेन्ट, स्टिल, प्लाइउडलगायतका औद्योगिक वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउन...

#भारतीय
Compare →

Related Stories

World News
Build #2612