Trending
Prev Story
Next Story

रोहिंग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

Ekantipur •
November 21, 2026 • 01:02 AM
3
3 reads 0 reactions

सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफूहरूले वास्तविक न्यायको अनुभूति गर्ने रोहिंग्या शरणार्थीहरूको भनाइ।

रोहिंग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफूहरूले वास्तविक न्यायको अनुभूति गर्ने रोहिंग्या शरणार्थीहरूको भनाइ।

कक्स बजार, बंगलादेश — रोहिंग्या समुदायविरुद्ध नरसंहार गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले दिएको ऐतिहासिक फैसलाको बंगलादेशस्थित शरणार्थीले स्वागत गरेका छन् । तर म्यान्मारमा सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफूहरूले वास्तविक न्यायको अनुभूति गर्ने उनीहरूको भनाइ छ ।

कक्स बजारका शिविरमा भेला भएका सयौं रोहिंग्याले हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको फैसला प्रत्यक्ष हेरेका थिए । अदालतले सन् २०१७ मा रोहिंग्यामाथि भएको सैन्य दमनलाई नरसंहार ठहर गर्दै म्यान्मारलाई शरणार्थीको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न, क्षतिपूर्ति दिन र दोषीमाथि कारबाही गर्न आदेश दिएको छ ।

रोहिंग्या समुदायका नेता मोहम्मद रोफिकले फैसलालाई विजयको संज्ञा दिँदै यसले आफूहरूको पीडालाई अन्तर्राष्ट्रिय मान्यता दिएको बताए । अर्का नेता सैयद उल्लाले यस निर्णयले रोहिंग्याको छुट्टै जातीय पहिचान, भाषा र संस्कृतिलाई स्वीकार गरेको उल्लेख गरे । शरणार्थी मोहम्मद उस्मानले भने म्यान्मारलाई कडा सजाय दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे ।

अगस्ट २०१७ मा विद्रोहीको आक्रमणपछि म्यान्माको सेनाले राखाइन राज्यमा सैन्य अभियान चलाएको थियो । त्यस क्रममा सामूहिक हत्या, बलात्कार र हजारौं घर जलाएको आरोप लागेको थियो । अदालतले उपलब्ध प्रमाणले करिब १० हजार रोहिंग्याको हत्या भएको देखाएको जनाएको छ ।

फैसला कानुनी रूपमा बाध्यकारी भए पनि कार्यान्वयन गराउने प्रत्यक्ष संयन्त्र सीमित छ । हाल बंगलादेशमा करिब १२ लाख रोहिंग्या शरणार्थी छन् । उनीहरू भीडभाडयुक्त शिविरमा कठिन जीवन बिताइरहेका छन् । बंगलादेशले उनीहरूलाई सुरक्षित रूपमा म्यान्मार फर्काउन अन्तर्राष्ट्रिय सहयोग माग्दै आएको छ । तर ऐतिहासिक फैसलापछि पनि स्वदेश फिर्ती कहिले सम्भव हुन्छ भन्ने अझै अनिश्चित छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले सन् २०१९ मा दायर मुद्दामा सात वर्षपछि बिहीबार फैसला दिएको हो । कुनै राज्यलाई नै नरसंहारका लागि जिम्मेवार ठहर गरिएको यो पहिलो पटक हो । अन्तर्राष्ट्रिय न्यायालयका अध्यक्ष न्यायाधीश युजी इवासावाले फैसला सुनाउँदै भनेका छन्, ‘म्यान्मारका सुरक्षा फौजले हजारौं रोहिंग्या सर्वसाधारणको हत्या गरे, यौन हिंसा गरे, बालबालिकामाथि चरम हिंसा गरे र ज्यान जोगाउन भागिरहेका रोहिंग्यामाथि समेत आक्रमण गरे ।’ १५ सदस्यीय न्यायाधीशको इजलासले यसमा फैसला गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले दिएको ऐतिहासिक फैसलाको बङ्गलादेशस्थित शरणार्थीले स्वागत गरेका छन्। तर म्यान्मामा सुरक्षित रूपमा घर फर्कन पाएपछि मात्रै आफ...

#न्याय #आशा #फर्कने
Compare →
Onlinekhabar
1d ago
अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले मुस्लिम अल्पसङ्ख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको अभियोगमा म्यानमारलाई दोषी ठहर गरेको छ । आईसीजेले बिहीबार म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि गरेको सैन्य दमनसम्बन्धी मुद्दामा फैसला सुनाएको हो । सन् २०१७ मा भएको …

#रोहिंग्या
Compare →
Nagarik News
4d ago
जलवायु न्याय, वित्त र पर्वतीय मुद्दा हाम्रो प्राथमिकतामा : मन्त्री चौधरी

जलवायु न्याय, वित्त र पर्वतीय मुद्दा हाम्रो प्राथमिकतामा : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छिन्।

#न्याय
Compare →

Related Stories

World News
Build #2612