Trending
Prev Story
Next Story

सङ्क्रमणकालीन न्याय अधुरै

Hamro Patro News •
November 21, 2026 • 12:17 AM
3
3 reads 0 reactions

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको शनिबार दुुई दशक पूरा हुँदै छ । १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्यका लागि विद्रोही पक्षबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पुष्पकमल दाहाल...

1 / 2
Swipe Photos

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको शनिबार दुुई दशक पूरा हुँदै छ । १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्यका लागि विद्रोही पक्षबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकार पक्षबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबिच २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएको थियो । योसँगै देशभर चलेको द्वन्द्व अन्त्य त भयो तर सम्झौताले परिकल्पना गरेको शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पाटो सङ्क्रमणकालीन न्यायको मुद्दा अझै टुङ्गोमा पुग्न सकेको छैन ।

संविधान सभाबाट नयाँ संविधान जारी हुनु र माओवादी द्वन्द्वमा सहभागी लडाकुको समायोजन तथा व्यवस्थापन हुनु शान्ति प्रक्रियाका लागि महत्वपूर्ण उपलब्धि भए पनि द्वन्द्वपीडितका लागि सङ्क्रमणकालीन न्यायको मुद्दा अझै अधुरै रहेको द्वन्द्वपीडित रामकुमार भण्डारी बताउनुहुन्छ । विस्तृत शान्ति सम्झौताले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी द्वन्द्वकालीन घटनाको सत्य अन्वेषण र पीडितलाई न्याय दिने प्रतिबद्धता गरेको थियो तर दुई दशक बित्दा उक्त प्रतिबद्धता पूरा हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
22h ago
शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

२०६३ मङ्सिर ५ गते अर्थात् दुई दशकपहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले देशमा जारी विद्यमान एक दशक लामो सशस्त्र …

#प्रचण्ड #शान्ति #द्वन्द्व
Compare →
Ekantipur
9h ago
सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता

सङ्क्रमणकालीन न्याय निष्कर्षमा नपुगेकोमा मानव अधिकार आयोगको चिन्ता

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतापछि ३ पटक आयोगहरू गठन भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा छानबिन, कारबाही र पीडितलाई न्याय सुनिश्चित हुन नसक्नु चिन्ताजनक भएको जनाएको छ ।

#शान्ति #सङ्क्रमणकालीन #न्याय
Compare →
Nagarik News
1w ago
१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

#प्रचण्ड #द्वन्द्व
Compare →

Related Stories

Politics & Governance
Build #2612