Trending
Prev Story
Next Story

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

४ मंसिर, सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी …

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

४ मंसिर, सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरमा डेरा गरी बस्ने पाँच जनालाई आज पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईका अनुसार विशेष सूचनाका आधारमा गरिएको जाँचमा उनीहरूको कोठाबाट १२४ ग्राम ४७ मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर), नाइट्राजेपामका ४४५ ट्याब्लेट, स्पासपेनका ६५ ट्याब्लेट र ट्रामोलका १५ क्याप्सुल बरामद गरिएको छ ।

पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन् ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
2w ago
खैरो हेरोइन र ट्रामाडोलसहित भक्तपुरबाट दुई जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित भक्तपुरबाट दुई जना पक्राउ

भक्तपुर : जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका-२ स्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजा...

#खैरो #हेरोइन
Compare →
Nagarik News
1w ago
३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।

#खैरो #हेरोइनसहित
Compare →
Ekantipur
23h ago
आयोजक स्वर्णिमलाई ६ गोलले हराउँदै पुलिस धरान महिला गोल्डकपको फाइनलमा

आयोजक स्वर्णिमलाई ६ गोलले हराउँदै पुलिस धरान महिला गोल्डकपको फाइनलमा

बिहीबार राति धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो ।

#धरान
Compare →
Arthasansar
2w ago
कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को...

#धरान
Compare →
Bizshala
2w ago
धरानमा २०९ किलो गाँजासहित पाँच पक्राउ, प्रहरीको दुई राउण्ड हवाई फायर

धरानमा २०९ किलो गाँजासहित पाँच पक्राउ, प्रहरीको दुई राउण्ड हवाई फायर

काठमाण्डौ । सुनसरीको धरानबाट दुई सय नौ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ परेका छन्।धरान उपमहानगरपालिका–२०...

#धरान
Compare →
Setopati
2w ago
सेतो चामलको भात खाने कि खैरो? स्वास्थ्यका लागि कुन राम्रो?

सेतो चामलको भात खाने कि खैरो? स्वास्थ्यका लागि कुन राम्रो?

सेतो कि खैरो? उसिना कि फ्रिजमा राखेर तताएको भात? भात खाने तरिकाले पनि रगतमा चिनीको मात्रा बढ्ने प्रक्रियामा फरक पार्छ? कुन तरिका स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ?

#खैरो
Compare →

Related Stories

National (Nepal)
Build #2612