Trending
Prev Story
Next Story

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

Arthasansar •
November 06, 2026 • 10:35 AM
2
2 reads 0 reactions

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को...

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को क्षेत्र भित्र सञ्चालित टेम्पू तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको छ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिन कुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका १२ का कार्यबहाक मेयर आयन्द्र बिक्रम बेघाको उपिस्थतीमा टेम्पू तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरेका छन्।

स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक यातायातका साधनहरूमा डस्टबिनको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुहरूमा समेत सर(सफाइ प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कोशी प्रदेश प्रमुख भुसालले व्यक्त गरे।

स्वच्छ, सफा तथा वातावरण मैत्री बनाउने उद्देश्यले टेम्पुमा यात्रा गर्ने यात्रुहरूलाई फोहोर जथाभाबी नफाल्न प्रोत्साहित गर्नु र नगरको स्वच्छता तथा वातावरण संरक्षणको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले व्यक्त गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरे।

बैंकले आफ्नो व्यावसायिक गतिविधि सँगै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा समुदायको हितसँग सम्बन्धित विभिन्न सामाजिक कार्यहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ। यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
21h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#विकास #वितरण
Compare →
Bizshala
18h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Ekantipur
1d ago
धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।

#धरान
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →
Nagarik News
4d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2612