कोशी प्रदेशको महिला क्रिकेट टोलीमा राजवंशी समुदायका खेलाडीको समेत उल्लेख्य उपस्थिति छ।
सुनसरी — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा कोशी प्रदेश महिला क्रिकेट टोली घोषणा गरिएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले सार्वजनिक गरेको टोलीमा अलिशा खडिया, लतिका राजवंशी, दिपा लिम्बू, बिमला महाला, संगीता राई, निशा शाह, खुसी राजवंशी, निरो राजवंशी, सिर्जना राजवंशी, बन्दना राजवंशी, फूलकुमारी राजवंशी, काजोल श्रेष्ठ र कृतिशा धामी रहेका छन्। टोलीको विकेटकिपरमा काजोल श्रेष्ठ रहेकी छन्।
कोशी प्रदेशको महिला क्रिकेट टोलीमा राजवंशी समुदायका खेलाडीको समेत उल्लेख्य उपस्थिति छ।
यसैगरी टोलीमा चार खेलाडीलाई रिजर्भमा राखिएको छ। रिजर्भमा खिमकला घिमिरे, पायल ठाकुर, दिपशिखा भुजेल र बेमिका बस्नेत रहेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले महिला क्रिकेटतर्फ यही टोलीबाट प्रतिस्पर्धा गर्नेछ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।