Trending
Prev Story
Next Story

विराटनगरमा कोशीका आर्थिक सम्भावनाबारे छलफल हुँदै

Ekantipur •
November 20, 2026 • 09:02 AM
1
1 reads 0 reactions

'सम्भावनाबाट सम्बृद्धि'तर्फ नारा दिइएको कार्यक्रममा शुक्रबार तीन वटा सत्रमा छलफल हुन लागेको छ ।

विराटनगरमा कोशीका आर्थिक सम्भावनाबारे छलफल हुँदै

'सम्भावनाबाट सम्बृद्धि'तर्फ नारा दिइएको कार्यक्रममा शुक्रबार तीन वटा सत्रमा छलफल हुन लागेको छ ।

काठमाडौँ — कोशी प्रदेशको आर्थिक सम्भावनाबारे छलफल गर्न कान्तिपुर मिडिया ग्रुपको आयोजनामा विराटनगरमा उज्यालो पूर्वकार्यक्रम संचालन गरिएको छ । 'सम्भावनाबाट सम्बृद्धि'तर्फ नारा दिइएको कार्यक्रममा शुक्रबार तीन वटा सत्रमा छलफल भइरहेको छ । कार्यक्रमका प्रमुखवक्ता अर्थमन्त्री स्वर्णिम वाग्ले छन् ।

दिउँसो २ बजेदेखि सु्रु हु्ने कार्यक्रममा तीन सत्रमा छलफल हुन लागेको हो । 'व्यवसायीको मनोबल कसरी उकास्ने?' शीर्षकको पहिलो सत्रमा  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा वक्ताका रुपमा सहभागी छन् । पहिलो सत्रको सहजीकरण स्पार्कटेक इन्कर्पोरेसनकी प्रवन्ध निर्देशक सुनिता राउतले गर्दैछिन् ।

दोस्रो सत्रमा 'कोशीको उत्पादन, विश्वबजारमा पहिचान'बारे छलफल हुनेछ । यो सत्रको छलफलमा कोशी प्रदेश योजनाका उपाध्यक्ष तारानाथ निराैला, एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, उद्योग वाणिज्य महासंघका कोशी प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साह, नेपाल  उद्योग परिसंघका उपाध्यक्ष गिरlजा सारडा सहभागी छन् । यो सत्रलाई कान्तिपुर दैनिकका आर्थिक ब्यूरो प्रमुख यज्ञ बञ्जाडेले सहजीकरण गर्नेछन् ।

'तुलनात्मक लाभमा नवप्रवर्तनको साथ' शीर्षकको तेस्रो सत्रमा पूर्वउद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड, कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा‍. इन्द्रप्रसाद सापकोटा राठी, एडिसन प्रालिका प्रमुख अरुणकुमार राठी, खेतीपाती अर्गानिककी संस्थापक सीइओ प्रकृति गाैतम सहभागी हुँदैछन् । यो सत्रलाई कान्तिपुर टेलिभिजनका डेपु्टी न्यूज चिफ डीपी उपाध्यायले सहजीकरण गर्नेछन् ।

कार्यक्रमको कान्तिपुरका बिभिन्न डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
16h ago
सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेकपा एमालेका नेताहरू फेरि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवास धाउन थालेका छन् । मंगलबार कोशी प्रदेशका केही नेताहरूले भेटवार्ता गरेसँगै सरकार फेर्ने कसरत फेरि …

#कोशी
Compare →
Hamro Patro News
3d ago
अस्पताल बनाउने वाचा ७ वर्षदेखि अलपत्र, अनशनपछि प्रक्रिया थाल्न कोशी सरकार सहमत

अस्पताल बनाउने वाचा ७ वर्षदेखि अलपत्र, अनशनपछि प्रक्रिया थाल्न कोशी सरकार सहमत

अस्पतालको माग गर्दै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-७ का स्थानीयले कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनशन थालेपछि प्रदेश सरकार निर्माण प्रक्रिया अघि बढाउन सहमत भएक...

#कोशी
Compare →

Related Stories

Business & Economy
Build #2612