Trending
Prev Story
Next Story

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा ६ खेल खेल्ने

Nagarik News •
November 20, 2026 • 12:43 AM
6
6 reads 0 reactions

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ।

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा ६ खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो। भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ। त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लर्ड्समा बङ्गलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय तथा जुन ९, ११ र १२ मा सोही टोलीसँग तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ।

मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)को सहकार्यमा हुन लागेको भ्रमणलाई नेपाल र एमसिसीबीच पछिल्ला वर्षमा विकसित हुँदै गएको घनिष्ठ सम्बन्धको उदाहरणका रूपमा लिइएको छ। दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन्।

एमसिसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। क्रिकेटमा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा कार्यक्रम सञ्चालन भइरहेका छन्। एमसिसीका अनुसार गत वर्ष ती परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए।

एमसिसीले गत वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) सँगको सहकार्यमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ पनि सुरु गरेको थियो।

पत्रकार सम्मेलनमा एमसिसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बलियो बनेको बताए। उहाँले नेपालमा क्रिकेटप्रतिको असाधारण लगाव आफूहरूले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै खेलले मानिसलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

क्यानका सचिव पारस खड्काले लर्ड्समा पुन: खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए। एमसिसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट आयरल्यान्ड, क्रिकेट स्कटल्यान्ड र इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)लाई सहयोगका लागि धन्यवाद दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बङ्गलादेशजस्तो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पूर्ण सदस्य राष्ट्रसँग लर्ड्समा खेल्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताए। उनले यस अवसरका लागि एमसिसी, इसिबी, बिसीबी, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गरे।

प्रकाशित: ४ मंसिर २०८३ ०६:२८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन ग...

#क्रिकेट #भ्रमण #इङ्ल्यान्ड
Compare →
Ekantipur
21h ago
नेपाली पुरुष क्रिकेट टिमले आगामी वर्ष जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै

नेपाली पुरुष क्रिकेट टिमले आगामी वर्ष जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै

मेरिलेबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ ।

#क्रिकेट #भ्रमण
Compare →
Onlinekhabar
22h ago
भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

नेपाल र भारतबीचको सम्बन्ध परम्परागत रूपमा राजनीति, अर्थतन्त्र, व्यापार र संस्कृतिमा केन्द्रित रहँदै आएको छ । तर, दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने अर्को प्रभावकारी माध्यम खेलकुद पनि हुन सक्छ । विशेषगरी क्रिकेटमा भारतको अनुभव, …

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612