Trending
Prev Story
Next Story

मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

Nagarik News •
November 20, 2026 • 11:46 AM
2
2 reads 0 reactions

सप्तरीबाट सुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा सकिएको हो।

मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

मधेस प्रदेशका आठ जिल्लाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन्। लिङ्देनलाई अर्को एक कार्यकालका लागि पार्टी अध्यक्ष बनाउनुपर्ने धारणा राख्दै उनीहरू वीरगञ्जमा आयोजित भेलामा सहभागी भएका हुन्।

खुस्बु ओली नेतृत्वको युवा टोलीले गरेको चारदिने मधेस यात्राको समापन आज वीरगञ्जमा भएको छ। सप्तरीबाट सुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा सकिएको हो।

समापन कार्यक्रममा पार्टी अध्यक्ष लिङ्देन स्वयं सहभागी भएका थिए। भेलामा मधेस प्रदेशका आठै जिल्लाका अध्यक्ष तथा लिङ्देन समर्थकहरूको उपस्थिति उत्साजनक रहेको राप्रपाको दाबी छ।

भेलामा सहभागी नेताहरूले लिङ्देनलाई अर्को एक कार्यकालका लागि अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन्। मधेस प्रदेशका जिल्ला अध्यक्षहरूको समर्थनलाई लिङ्देनको नेतृत्वप्रतिको ऐक्यबद्धताका रूपमा प्रस्तुत गरिएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले तराई–मधेसबाट प्राप्त समर्थनले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनले मधेस क्षेत्रका नेता तथा कार्यकर्ताको साथ र समर्थनप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १७:३१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
छठ पर्वको दोस्रो दिन : आज मनाइँदै छ ‘खरना’

छठ पर्वको दोस्रो दिन : आज मनाइँदै छ ‘खरना’

महोत्तरी- मधेसको प्राचीन मिथिला क्षेत्रमा चार दिने छठ पर्वको उल्लास छाएको छ। पर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा छन्। यसअघि शुक्रबार बर्तालुले ‘नहाय-खाय’ विधि पूरा गर्दै व्रत सङ्क...

#मधेस #महोत्तरी
Compare →
Onlinekhabar
4d ago
राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनमा प्यानल बनाउन नेताहरू सक्रिय भएका छन् । दोस्रो पटकका लागि अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्न छुट्टै प्यानल बनाउन तीन शीर्ष नेताले क्रियाशिलता बढाएका …

#लिङ्देन
Compare →

Related Stories

National (Nepal)
Build #2612