Trending
Prev Story
Next Story

फुटपाथ अतिक्रमणविरुद्ध राजविराजमा स्थानीयको प्रदर्शन

Onlinekhabar •
November 19, 2026 • 07:30 AM
3
3 reads 0 reactions

३ मंसिर, सप्तरी  । सप्तरीको राजविराजस्थित हुलाकी सडक खण्डअन्तर्गत अदालत रोडमा फोहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको र फुटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । ‎ ‎नियमित रूपमा फोहोर नउठाउँदा सडक …

फुटपाथ अतिक्रमणविरुद्ध राजविराजमा स्थानीयको प्रदर्शन

३ मंसिर, सप्तरी  । सप्तरीको राजविराजस्थित हुलाकी सडक खण्डअन्तर्गत अदालत रोडमा फोहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको र फुटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । ‎ ‎नियमित रूपमा फोहोर नउठाउँदा सडक दुर्गन्धित बनेको तथा पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा पसल राख्न दिँदा आवतजावतमा समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका हुन्। ‎ ‎फुटपाथ नै पसलले ढाकिएपछि सर्वसाधारण सडकबाटै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। ‎ सडकलाई फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) बनाइएको आरोप लगाउँदै पूर्वसांसद सूर्यनाथप्रसाद यादव(सुभाष ) ले नगरपालिकालाई तत्काल फोहोर व्यवस्थापन गर्न र फुटपाथ खाली गराउन माग गरेका छन्। उनले सर्वसाधारणको जनस्वास्थ्यसँग खेलवाड नगर्नसमेत नगरपालिकालाई आग्रह गरेका छन्। ‎ ‎नागरिक अभियानता डा. सूर्यप्रसाद यादवका अनुसार फुटपाथ खाली गराउन र फोहोर व्यवस्थापन गर्न पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि केही बेर सडक अबरुद्ध पारेको बताए । उनले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बोलाउने प्रतिबद्धता जनाएपछि सडक अवरोध हटाइएको  बताए। ‎ ‎स्थानीयका अनुसार उक्त सडकको फुटपाथमा व्यापार गर्ने व्यवसायीबाट नगरपालिकाको गुद्रीहाट व्यवस्थापन ठेकेदारले नियमित रूपमा शुल्कसमेत उठाउँदै आएको छ। शुल्क उठाइए पनि फुटपाथ व्यवस्थापन र पैदलयात्रीको सहज आवागमनमा ध्यान नदिइएको उनीहरूको गुनासो छ। ‎ ‎अदालत रोडको एउटै क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुरको राजविराज इजलास, कर सेवा केन्द्र, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराज नगरपालिका, भूमि प्रशासन कार्यालय, कर्मचारी मिल केन्द्र, नापी कार्यालय, रेडक्रस तथा नगरपालिकाद्वारा सञ्चालित प्रादेशिक स्वास्थ्य प्रयोगशालालगायतका सरकारी तथा सार्वजनिक निकाय रहेका छन्। ‎ ‎दैनिक ठूलो संख्यामा सेवाग्राहीको आवतजावत हुने उक्त सडकलाई व्यवस्थित गर्न सडक डिभिजन कार्यालय लहानले डिभाइडरसमेत राखेको छ। तर, फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनको समस्या भने कायमै रहेको स्थानीयको भनाइ छ।

स्थानीय सडक अबरुद्ध पारेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सो क्षेत्र सडक अवरुद्ध हटाउन प्रहरी परिचालन गरेको थियो । ‎ ‎ ‎स्थानीयले सडक नियमित सफा गर्न, फुटपाथ अतिक्रमण हटाउन र पैदलयात्रीका लागि सहज आवागमनको व्यवस्था मिलाउन नगरपालिकासँग माग गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
कृषक र उपभोक्ता जोड्दै हाटबजार

कृषक र उपभोक्ता जोड्दै हाटबजार

गुर्भाकोट नगरपालिकाले सातामा चार पटक हाटबजार लगाउने गरेको छ।

#पसल #नगरपालिका
Compare →
Ekantipur
1w ago
अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।

#नगरपालिका #प्रदर्शन
Compare →

Related Stories

National (Nepal)
Build #2612