Trending
Prev Story
Next Story

निर्यात दिगो बनाउन नेपालमै गुणस्तर प्रमाणीकरण आवश्यक छ : राउत

Ekantipur •
November 20, 2026 • 11:32 AM
1
1 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालको अहिलेको निर्यात दिगो आधारमा नभइरहेको बताएका हुन् ।

निर्यात दिगो बनाउन नेपालमै गुणस्तर प्रमाणीकरण आवश्यक छ : राउत

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालको अहिलेको निर्यात दिगो आधारमा नभइरहेको बताएका हुन् ।

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालबाट भइरहेको निर्यातलाई दिगो बनाउन नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण यहीँ गर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

भारत तथा तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गर्दा आवश्यक पर्ने गुणस्तरसम्बन्धी मापदण्ड र प्रमाणीकरणको व्यवस्था नेपालमै हुन सके निर्यातमा देखिएका अवरोध हट्ने उनको भनाइ छ ।

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ सत्रमा ‘व्यवसायीको मनोबल कसरी उकास्ने’ विषयमा बोल्दै राउतले नेपालको अहिलेको निर्यात दिगो आधारमा नभइरहेको बताए ।

उनका अनुसार पाम आयलजस्ता वस्तुको निर्यातमा भएको वृद्धि भारतले लगाएको भन्सार दरको अन्तरबाट प्राप्त लाभमा मात्र आधारित छ । यस्तो लाभ सधैँ कायम नरहने भएकाले यस्ता वस्तुलाई दीर्घकालीन निर्यातको आधार बनाउन नसकिने उनले बताए ।

‘हामी भारत वा तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गर्न सक्छौँ र चाहन्छौँ पनि । तर त्यसका लागि आवश्यक वातावरण बन्न सकेको छैन,’ उनले भने ।

प्लाइउड, जुत्ता, सिमेन्ट, कृषि उत्पादन तथा छुर्पीजस्ता वस्तुमा प्रशोधन र मूल्य अभिवृद्धि गरेर निर्यात गर्न सकिने सम्भावना भएको उनको भनाइ छ । तर धेरै उत्पादन अझै पनि कच्चा पदार्थकै रूपमा बाहिरिने गरेकोले सरकारले तिनलाई तयारी वस्तुका रूपमा निर्यात गर्न प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

यसका लागि सरकारले भन्सार दरमा फरक व्यवस्था गर्नेदेखि अन्य नीतिगत सहुलियत उपलब्ध गराउन सक्ने उनले बताए ।

भारतमा प्लाइउड निर्यात गर्न भारतको ब्युरो अफ स्ट्यान्डर्ड्स (बीआईएस) को मापदण्डअनुसारको प्रमाणपत्र आवश्यक पर्ने भएकाले नेपाली उद्योगले समस्या भोगिरहेको उनले उल्लेख गरे । अन्य उत्पादनमा पनि यस्तै गुणस्तरसम्बन्धी सर्त रहेको भन्दै सरकारले भारतसँगको छलफलमा यस्ता मापदण्ड पूरा गर्न उद्योगीलाई कम्तीमा तीन वर्षको समय दिने व्यवस्था गर्न उनको सुझाव छ ।

उनले नेपाली चियाको निर्यातमा समेत प्रमाणीकरण र सीमामा हुने ढिलाइले समस्या सिर्जना गरेको बताए । नेपालमा उत्पादित चियाको करिब ८० प्रतिशत भारत निर्यात हुने गरेको उल्लेख गर्दै उनले निर्यात गरिएका चियाका खेप सीमामा लामो समय रोकिने गरेको बताए ।

‘चियाको प्रमाणीकरण यहीँ नै गर्न सक्ने व्यवस्था भए चियाको निर्यातमा देखिएको अवरोध हटाउन सकिन्छ,’ उनले भने ।

कृषिजन्य वस्तुको निर्यातमा पनि आवश्यक गुणस्तर परीक्षण र प्रमाणीकरण गर्न नसक्दा समस्या भइरहेको उनको भनाइ थियो । तरकारीजस्ता उत्पादन निर्यात गर्दा समेत तीन–चारवटा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थाले नेपाली उत्पादनले बजार विस्तार गर्न कठिनाइ भोगिरहेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
भारतीय बजारमा नेपाली सामान बेच्न प्रमाणीकरणको झन्झट हटाउन माग, नेपालमै प्रयोगशाला खोल्ने प्रस्ताव

भारतीय बजारमा नेपाली सामान बेच्न प्रमाणीकरणको झन्झट हटाउन माग, नेपालमै प्रयोगशाला खोल्ने प्रस्ताव

काठमाडौं । नेपाली उद्योगले उत्पादन गरेका सिमेन्ट, स्टिलदेखि जुत्ता र चियासम्म भारतीय बजारमा पुर्‍याउन गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन नेपालले भारतसँग प्रस्ताव गरेको छ। प्रमाणपत्र लिन लाग्ने लामो ...

#प्रमाणीकरण #नेपालमै
Compare →
Bizshala
4d ago
नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

काठमाण्डौ । नेपालले स्वदेशमा उत्पादित सिमेन्ट, स्टिल, प्लाइउडलगायतका औद्योगिक वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउन...

#बनाउन #गुणस्तर #प्रमाणीकरण
Compare →
Onlinekhabar
1d ago
बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति

बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ । भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो । प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि …

#निर्यात
Compare →
Nagarik News
2d ago
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

एएमआरको बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन्।

#आवश्यक
Compare →

Related Stories

Business & Economy
Build #2612