Trending
Prev Story
Next Story

निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक आधिकारिकतासँग जोडिएको विषय होइन : गगन थापा

Onlinekhabar •
November 20, 2026 • 10:00 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन सम्बन्धी विवरण अद्यावधिक आजभोलिमै हुने बताएका छन् । शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशनको विवरण अद्यावधिक पार्टीको आधिकारिकतासँग जोडिएको विषय नभएको बताएका …

निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक आधिकारिकतासँग जोडिएको विषय होइन : गगन थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन सम्बन्धी विवरण अद्यावधिक आजभोलिमै हुने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशनको विवरण अद्यावधिक पार्टीको आधिकारिकतासँग जोडिएको विषय नभएको बताएका हुन् ।

‘यो विषयमा चाहिने भन्दा बढी चर्चा भएको छ । नेपाली कांग्रेस पार्टीको अधिवेशन भयो । त्यो भएपछि दले आफ्नो नयाँ आएको नेतृत्वको जानकारी गराउने प्रोसेसलाई हामीले अद्यावधिक भन्ने गरेको हो,’ सभापति थापाले भने, ‘यो दलको आधिकारिकता वा त्यससँग जोडिएको विषय होइन ।’

महाधिवेशनपछि आफूहरूले आयोगमा विवरण बुझाएको र आयोगले थप कागजात मागेको उनले बताए ।

‘विवरण हामीले बुझायौं, उहाँहरूले त्यससँग सम्बन्धित थप विवरण माग्नुभयो, हामीले हाम्रो कागजात दिइसक्यौं । थप कागजात नपुगेको माग्नुभयो, खासगरिकन महिला ३३ प्रतिशत पुगेको हुनुपर्छ, विधानमा यसको फरम्याट छ, थुप्रै कुराहरू थिए । उहाँहरूले पठाउनुभयो, हामीले पठायौं, अब हामीले सबै कागजात पुर्‍याइसक्यौं, यो समान्य प्रोसेस हो, आजभोलि टुंगिन्छ,’ थापाले भने ।

आयोगले विवरण अध्ययनका लागि समय लिएकामा उनले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताए । ‘अध्ययन त गर्नैपर्‍यो, पहिला कति समय लाथ्यो भन्ने कुरा हामीले ख्याल गरेनौं । किनभने त्यतिबेला पार्टीभित्र विवाद थिएन । अहिले नेपाली  कांग्रेसभित्र अहिले विवाद छ, समस्या छ, त्यसकारण असामान्य लाग्नु अनौठो भएन,’ उनले भने ।

अहिले आयोगले मागेका सबै विवरण बुझाइसकेकाले छिट्टै पार्टीले बुझाएको विवरण अद्यावधिक हुने उनले दाबी गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
39m ago
निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा

निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा

थापाले निर्वाचनको विषयमा सरकारले आफ्नो धारणा र प्रस्ताव स्पष्ट रूपमा राखेपछि मात्रै राजनीतिक दलहरूबीच छलफल हुन सक्ने बताए।

#गगन-थापा #निर्वाचन #गगन
Compare →
Hamro Patro News
3d ago
किन रिसाइन् सुजाता कोइराला गगन थापासँग ? नक्कली पत्र भन्दै मागिन् छानबिन

किन रिसाइन् सुजाता कोइराला गगन थापासँग ? नक्कली पत्र भन्दै मागिन् छानबिन

काठमाडौं । नेपाली कांग्रेसकी वरिष्ठ नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र पार्टी सभापति गगनकुमार थापाबीच एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) मा प्रतिनिधित्वको विषयलाई ...

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
4d ago
गगन थापाद्वारा घडिअर्वा छठ घाटमा छठी माताको दर्शन

गगन थापाद्वारा घडिअर्वा छठ घाटमा छठी माताको दर्शन

पत्नीसमेत साथमा रहेका थापा बिहानै घडिअर्वा छठ घाट पुगेर व्रतालुहरूमार्फत छठी माताको पूजा तथा दर्शन गरेका हुन्।

#गगन-थापा #गगन #थापा
Compare →
Arthasansar
2d ago
बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्तापुँजी, बीमा शुल्क कति ?

बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्तापुँजी, बीमा शुल्क कति ?

नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक सूचना...

#अद्यावधिक
Compare →

Related Stories

Politics & Governance
Build #2612