Trending
Prev Story
Next Story

सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

Onlinekhabar •
November 20, 2026 • 09:31 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी …

सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगले के कुराको हेक्का राख्नुपर्दछ भने निर्वाचनको निष्पक्षता, निर्वाचनका काम गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ । तर त्यो सीमित छ,’ सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’

निर्वाचनका बेला सरकारले प्रतिपक्ष चिन्दिनँ भनेर पन्छिन नपाइने उनले बताए । ‘सरकारले अरु कैयन् विषयमा म अरु कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षले चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दैगर्दा अरुबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन्,’ उनले भने ।

निर्वाचन आयोगलाई निर्वाचनको वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे समयमै ध्यानाकर्षण गराउन आफूले भनेको पनि सभापति थापाले सुनाए ।

‘हामीले स्मरण गरायौं– भाद्र २३ र २४ को अनपेक्षित विप्लपपछाडि एकैपटक जुन रिक्तताको स्थिति आयो र निर्वाचन भयो,त्यो बेलामा निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन, निर्वाचन आयोगको ठूलो भूमिका थियो,’ उनले भने, ‘त्यो बेलाको सुशीला कार्कीको सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्‍यो, कसरी वातावरण बनायो भन्ने कुरा महत्त्वपूर्ण छ ।’

त्यसैले  स्थानीय तह र प्रदेशको निर्वाचन गर्ने र त्यसलाई शान्तिपूर्ण बनाउने कुरामा सरकारले गर्नुपर्ने कामबारे आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउन आफूले सुनाएको उनले बताए ।

‘निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस् । सबै जिम्मा आयोगको मात्रै हुँदैन,’ उनले भने ।

निर्वाचन कहिले गराउने ? कसरी गराउने ? भन्ने कुरा संविधानमै भएका व्यवस्था रहेको बताउँदै कतिपय विषय व्यवहारिक रूपमा पनि हुने उनले बताए ।

यस्ता विषयमा सरकारले दलहरूसँग छलफल गरेर टुंग्याउनुपर्ने उनले धारणा राखे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
निर्वाचन आयोगको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक

निर्वाचन आयोगको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक

काठमाडौं– निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन् । छलफलमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्यु...

#गगन-थापा #निर्वाचन
Compare →
Nagarik News
50m ago
आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

#निर्वाचन
Compare →
Ekantipur
1h ago
विगतका निर्वाचनमा मत हराएको, अपेक्षाभन्दा फरक परिणाम आएको गुनासा थिए : दाहाल

विगतका निर्वाचनमा मत हराएको, अपेक्षाभन्दा फरक परिणाम आएको गुनासा थिए : दाहाल

निर्वाचन आयोगले आयोजना गरेको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा नेकपा संयोजक पुष्पकमल दाहालले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने र निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका थिए ।

#निर्वाचन
Compare →
Bizshala
2h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612