Trending
Prev Story
Next Story

तोकिएको समयभन्दा अगाडि नै घाँस सकाएका दुई बाख्रा अवकाशमा जाँदै

Nagarik News •
November 20, 2026 • 08:55 AM
2
2 reads 0 reactions

उनीहरूलाई हेर्न यात्रु, स्कुले बालबालिका र कार्यालयमा काम गर्ने मानिसहरू स्टेसनमा पुग्ने गरेका छन्।

तोकिएको समयभन्दा अगाडि नै घाँस सकाएका दुई बाख्रा अवकाशमा जाँदै

जापानको टोकियोस्थित जेआर योत्सुया रेलवे स्टेसनमा झारपात हटाउन तीन महिनाका लागि भाडामा ल्याइएका दुई बाख्रा ६ सातामै काम सकेर अवकाशमा जाने भएका छन्।

दुई वर्षीया पोथी पोक्के र एक वर्षको भाले नागी अक्टोबर ९ मा स्टेसन परिसरमा ल्याइएका थिए। तर उनीहरूले अपेक्षाभन्दा छिटो घाँस खाएपछि निर्धारित समयभन्दा करिब एक महिनाअघि नै काम सकिने भएको हो।

पूर्वी जापान रेलवे (जेआर इस्ट) ले कानागावा प्रिफेक्चरको एक कम्पनीबाट ती बाख्रा भाडामा लिएको थियो। उनीहरूलाई स्टेसन परिसरको ९०० वर्ग मिटर क्षेत्रफलमा उम्रिएका झारपात हटाउने जिम्मेवारी दिइएको थियो।

सुरुमा डिसेम्बरसम्म काम गर्ने योजना भए पनि अहिले उक्त क्षेत्रमा प्राकृतिक घाँस लगभग सकिएको छ। घाँस कम भएपछि रेलवेले उनीहरूलाई बाहिरबाट ल्याइएको घाँस खुवाउन थालेको छ। जापानी सञ्चारमाध्यमका अनुसार उनीहरूले नोभेम्बरभित्रै काम छाड्नेछन्।

यद्यपि, अवकाशको निश्चित मिति सार्वजनिक गरिएको छैन। सामाजिक सञ्जालमा 'योत्सुयागी' नामले चर्चित यी बाख्रा स्थानीय आकर्षणसमेत बनेका छन्। उनीहरूलाई हेर्न यात्रु, स्कुले बालबालिका र कार्यालयमा काम गर्ने मानिसहरू स्टेसनमा पुग्ने गरेका छन्।

धेरैले उनीहरूको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्। बाख्रा भाडामा दिने कम्पनीले दुवैको स्वभाव मिलनसार भएकाले स्टेसनका कर्मचारी र सर्वसाधारणले मन पराउने विश्वास गरेको बताएको थियो।

बाख्राको यो प्रयोगले चर्चा पाएपछि जेआर इस्टले सन् २०२७ को मार्चदेखि मे महिनासम्म दोस्रो चरणको अभियान सञ्चालन गर्ने योजना बनाएको छ। तर पोक्के र नागी नै फर्किनेछन् वा उनीहरूको ठाउँमा नयाँ बाख्रा ल्याइनेछन् भन्ने टुंगो लागेको छैन।

अवकाशपछि दुवै बाख्रा फार्ममा फर्किएर अन्य बाख्रासँग समय बिताउनेछन्।

प्रकाशित: ४ मंसिर २०८३ १४:४० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
4h ago
बेंसीसहरका ७४० कृषकलाई अनुदानमा जै घाँसको बीउ

बेंसीसहरका ७४० कृषकलाई अनुदानमा जै घाँसको बीउ

हिउँदमा हरियो घाँसको अभाव टार्ने यो पौष्टिक घाँसले गाईभैंसीको दूध उत्पादन र शारीरिक वृद्धिमा समेत सहयोग पुर्‍याउने अपेक्षा छ ।

#घाँस
Compare →
Onlinekhabar
20h ago
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

१ मंसिर, स्याङ्जा । ३० वर्ष प्रहरी सेवामा बिताएर अवकाश लिएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य कृषिकर्ममा जुटेका छन् । उनले आफ्नै जन्मभूमि स्याङ्जा चापाकोटमा फलफूल खेती सुरु गरेका हुन् । अवकाशपछिको जीवन उत्पादनमूलक क्षेत्रमा …

#अवकाश
Compare →

Related Stories

National (Nepal)
Build #2612