Trending
Prev Story
Next Story

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

Onlinekhabar •
November 20, 2026 • 09:00 AM
1
1 reads 0 reactions

४ मङ्सिर, कोलम्बो (रासस/एएफपी)। मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्‍याएको छ । अक्टोबरमा श्रीलङ्काको वार्षिक मुद्रास्फीति ८.३ प्रतिशत …

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

४ मङ्सिर, कोलम्बो (रासस/एएफपी)। मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्‍याएको छ ।

अक्टोबरमा श्रीलङ्काको वार्षिक मुद्रास्फीति ८.३ प्रतिशत पुगेको छ र यो केन्द्रीय बैङ्कको पाँच प्रतिशतको लक्ष्यभन्दा बढी हो । मध्यपूर्वको द्वन्द्व लम्बिँदा विश्वव्यापी ऊर्जा र खाद्यवस्तुको मूल्य बढेको तथा त्यसले घरेलु मुद्रास्फीतिलाई थप चाप दिएको बैङ्कले जनाएको छ । आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिसम्म पनि मुद्रास्फीतिलाई लक्ष्यमा झार्न कठिन हुने अधिकारीहरूको भनाइ छ ।

इरानले अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलघाँटी अवरुद्ध गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढाएको छ । श्रीलङ्का सरकारले पनि इन्धन र विद्युत् शुल्कमा वृद्धि गर्दा ऊर्जाको मूल्य झन्डै आधा बढेको छ ।

यसअघि केन्द्रीय बैङ्कले गत मे महिनामा ब्याजदर १०० आधार अङ्कले बढाएको थियो ।

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसकेपछि आर्थिक सङ्कटमा परेको श्रीलङ्काले सन् २०२३ मा अन्तर्राष्ट्रिय मुद्राकोषबाट ४८ महिनाका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर सहायता लिएको थियो । त्यसपछि सरकारले कर वृद्धि लगायतका आर्थिक सुधार लागू गरेको थियो ।

गत वर्षको चक्रवातमा कम्तीमा ६५० जनाको मृत्यु हुनुका साथै चार अर्ब १० करोड अमेरिकी डलर बराबरको पूर्वाधारमा क्षति पुगेको अनुमान छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2w ago
बैङ्क अफ इङ्गल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण ब्याजदर वृद्धि गर्ने निर्णय

बैङ्क अफ इङ्गल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण ब्याजदर वृद्धि गर्ने निर्णय

काठमाडौँ । बैङ्क अफ इङ्गल्यान्डले सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाएको छ । बेलायतको केन्द्रीय बैङ्कले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पुर्‍याएको हो । यो तीन वर्षभन्दा बढी समयपछिको पहि...

#ब्याजदर #मुद्रास्फीति
Compare →
Ekantipur
2w ago
बैंक अफ इंग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय

बैंक अफ इंग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय

बेलायतको केन्द्रीय बैंकले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पुर्‍याएको हो ।

#ब्याजदर #मुद्रास्फीति
Compare →
Nagarik News
19h ago
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुग्यो, तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुग्यो, तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत रहँदा विदेशी मुद्रा सञ्चिति रु ४१ खर्ब १४ अर्ब पुगेको छ ।

#मुद्रास्फीति
Compare →
Arthasansar
3d ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#मुद्रास्फीति
Compare →
Bizshala
4d ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#ब्याजदर
Compare →

Related Stories

Business & Economy
Build #2612