Trending
Prev Story
Next Story

जुवातास खेलिरहेको अवस्थामा म्याग्दी र धनकुटाबाट २५ जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 08:00 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णुसमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले …

जुवातास खेलिरहेको अवस्थामा म्याग्दी र धनकुटाबाट २५ जना पक्राउ

४ मंसिर, काठमाडौं । म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णुसमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ८८ हजार रुपैयाँ बरामद

धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ८८ हजार रुपैयाँ बरामद

महालक्ष्मी–४ स्थित तेजकुमार श्रेष्ठको घरमा भएको खेलमा घरधनीसहित विभिन्न जिल्लाका २० जना पक्राउ परेका छन्।

#खेलिरहे #धनकुटा #अवस्थामा
Compare →
Hamro Patro News
1w ago
जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाडौं र तनहुँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुसुम छ्याम्बा हाउस एन्ड होमस्टेमा कौडा खेलिरहेको अवस्थामा स...

#खेलिरहे #जुवातास #अवस्थामा
Compare →
Arthasansar
1w ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #जुवातास #अवस्थामा
Compare →
Nagarik News
23h ago
जुवातास खेलिरहेका १२ जना पक्राउ

जुवातास खेलिरहेका १२ जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो।

#खेलिरहे #जुवातास
Compare →

Related Stories

Education & Youth
Build #2612