Trending
Prev Story
Next Story

जलवायु सङ्कट सम्बोधन गर्न नेपाल र भानुआटुबीच सहकार्य गर्ने प्रतिबद्धता

Nagarik News •
November 20, 2026 • 02:47 AM
6
6 reads 0 reactions

नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जलवायु सङ्कट सम्बोधन गर्न नेपाल र भानुआटुबीच सहकार्य गर्ने प्रतिबद्धता

नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप–३१) का क्रममा आज नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुबीच भएको द्विपक्षीय भेटवार्तामा यस विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा मन्त्री चौधरीले नेपाल र भानुआटु दुवै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुक भएको उल्लेख गर्दै हिमाल र महासागरको संरक्षणका लागि साझा आवाज र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताइन्।

उनले ‘सगरमाथादेखि समुद्रसम्म’ भन्ने अवधारणामार्फत हिमाली मुलुक र टापु राष्ट्रले सामना गरिरहेका जलवायु सङ्कटका विषयलाई एउटै साझा एजेन्डाका रूपमा अघि बढाउन प्रस्ताव गरिन्।

हिमालमा हिउँ तथा हिमनदी पग्लिने क्रम र समुद्री सतह बढ्ने समस्या एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले हिमाल र महासागरको संरक्षणलाई जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

मन्त्री चौधरीले हालै नेपालमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै विपद्पछि भानुआटुले व्यक्त गरेको ऐक्यबद्धताका लागि धन्यवाद दिइन्।

सो अवसरमा नेपालले हिमालसम्बन्धी विषयलाई कोप–३१ का मुख्य निर्णयमा समावेश गर्न भानुआटुको समर्थनका लागि आग्रह गरेको थियो। भेटवार्तामा जलवायुजन्य क्षति तथा नोक्सानीको सम्बोधनका लागि दुवै मुलुकले संयुक्त रूपमा आवाज उठाउनुपर्नेमा पनि जोड दिइएको थियो।

भेटवार्तामा दुवै देशबीच हिमाल, महासागर, जलवायु न्याय, अनुकूलन तथा क्षति र नोक्सानीसम्बन्धी विषयमा साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

प्रकाशित: ४ मंसिर २०८३ ०८:३२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5h ago
जलवायु संकटविरुद्ध नेपाल र भानुआटुले द्विपक्षीय सहकार्य सुदृढ गर्ने

जलवायु संकटविरुद्ध नेपाल र भानुआटुले द्विपक्षीय सहकार्य सुदृढ गर्ने

४ मंसिर, काठमाडौं । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) …

#जलवायु #भानुआटु #सहकार्य
Compare →
Ekantipur
1d ago
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

#जलवायु #प्रतिबद्धता #सहकार्य
Compare →
Hamro Patro News
2d ago
जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य

जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी र विश्वसनीय बनाउन पारदर्शिता तथा सरकारहरूको राजनीतिक प्र...

#जलवायु #प्रतिबद्धता
Compare →
Bizshala
1d ago
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...

#जलवायु #प्रतिबद्धता
Compare →
Arthasansar
21h ago
पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

#प्रतिबद्धता
Compare →

Related Stories

Science & Climate
Build #2612