अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा गरिएको छापामा उनीहरू मारिएको सेनाले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
सेनाका अनुसार दक्षिण वजीरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा पछिल्लो ४८ घण्टामा कारबाही गरिएको थियो । मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोपसमेत सेनाले लगाएको छ । यसबारे भारतले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पाकिस्तानले यसअघि पनि अफगानिस्तान र भारतले पाकिस्तानी तालिबान तथा अन्य आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । दुवै देशले भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।
Read full story at source ( barnanmedia.com )