Trending
Prev Story
Next Story

एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तान फर्किन पीसीबीको इमेल

Arthasansar •
October 26, 2026 • 06:33 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने तयारीमा रहेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)...

एनपीएल खेल्न आएका फरहानलाई पाकिस्तान फर्किन पीसीबीको इमेल

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने तयारीमा रहेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलंकाविरुद्धको आगामी खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको भन्दै उनलाई फर्किन इमेल पठाएपछि उनको एनपीएल सहभागिता थप अनिश्चित बनेको हो।

कर्णाली याक्सले फरहानलाई टोलीमा अनुबन्ध गरेको थियो। तर, पीसीबीले एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीका लागि प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको विषयले उनको सहभागितामा यसअघि नै अन्योल सिर्जना गरेको थियो। अहिले राष्ट्रिय टोलीमा बोलाइएको इमेल आएपछि उनी नेपालमै रहेर एनपीएल खेल्ने सम्भावना झनै कमजोर बनेको छ।

पीसीबीले मागेको २५ हजार अमेरिकी डलर तिर्ने विषयमा कर्णाली याक्स र खेलाडी पक्षबीच सहमति जुट्न सकेको छैन। फ्रेन्चाइज र खेलाडीका एजेन्टले आधा–आधा रकम व्यहोर्ने प्रस्ताव अघि सारे पनि त्यसमा सहमति हुन नसकेको हो।

कर्णाली याक्सले उक्त रकम थप्न नसक्ने अवस्था रहेको जनाउँदै फरहानको विकल्प खोज्न थालेको छ। यसअघि नेपाल क्रिकेट संघ (क्यान) र पाकिस्तानस्थित नेपाली दूतावासले पनि समस्या समाधानका लागि पहल गरिरहेका थिए। तर, अहिलेसम्म विवाद टुंगिएको छैन।

पाकिस्तानले घरेलु मैदानमा इंग्ल्याण्ड र श्रीलंकासँग त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेलिरहेको छ। पाकिस्तानको टी–२० टोलीका कप्तान फरहानलाई यसअघि उक्त शृङ्खलाका लागि सार्वजनिक गरिएको एकदिवसीय टोलीमा राखिएको थिएन।

तर, श्रीलंकाविरुद्धको आगामी खेलमा टोलीमा समावेश गरिएको भन्दै पीसीबीबाट इमेल आएको बताइएको छ। यद्यपि, टोलीमा गरिएको हेरफेरबारे पीसीबीले औपचारिक घोषणा गरेको देखिएको छैन। त्यसैले फरहानलाई राष्ट्रिय टोलीमा बोलाइएको विषयको औपचारिक पुष्टि हुन बाँकी छ।

कर्णाली याक्सले फरहानसँगै पाकिस्तानी अलराउण्डर हुसेन तलातलाई पनि अनुबन्ध गरेको छ। फरहानको सहभागिता अनिश्चित बने पनि फ्रेन्चाइजले तलात भने एनपीएल खेल्न आउने अपेक्षा गरेको छ।

तलात हाल पाकिस्तानको राष्ट्रिय टोलीमा छैनन्। उनले पाकिस्तानबाट एक टेस्ट, १२ एकदिवसीय र २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी पछिल्लोपटक गत मार्चमा पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय खेलमा सहभागी भएका थिए।

तलातले यसअघि एनओसी पाएर नेपाल आएको बताइए पनि पीसीबीले पाकिस्तानी खेलाडीको सहभागिताका लागि राखेको सर्तका कारण उनको अवस्थाबारे पनि स्पष्टता आवश्यक छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
4h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
19h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612