पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा जङ्गली जनावरले घरपालुवा पशु मार्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । तिहारअघि बकैया गाउँपालिका–७ मा स्थानीयका पाँच वटा खसीबाख्रा जङ्गली जनावरले मारेको र बिहीबार गाउँपालिका–८ र ९ को सीमावर्ती सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार कालिवन सामुदायिक वन र देउताखोला सामुदायिक वन क्षेत्रमा वयस्क बाघ बच्चासहित देखिएको हो । बाघले आधा दर्जन बाख्रा मारेको सामुदायिक वन उपभोक्ता महासङ्घ बकैया गाउँ समितिकी अध्यक्ष सूर्यकला तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चुरे क्षेत्रको जङ्गल तथा चारकोसे झाडीबाट बाघ आएको हुन सक्ने अनुमान गरिएको छ ।
Read full story at source ( gorkhapatraonline.com )