Trending
Prev Story
Next Story

अचानक भारतको सेयर बजार क्र्यास, ६ लाख करोड स्वाहा !

Bizshala •
November 19, 2026 • 05:04 PM
6
6 reads 0 reactions

नयाँ दिल्ली। बुधबार भारतीय शेयर बजारमा अचानक ठूलो गिरावट आएको छ। सेन्सेक्स र निफ्टीले सुस्त सुरुवात गरेपछि बजार...

अचानक भारतको सेयर बजार क्र्यास, ६ लाख करोड स्वाहा !

नयाँ दिल्ली। बुधबार भारतीय शेयर बजारमा अचानक ठूलो गिरावट आएको छ। सेन्सेक्स र निफ्टीले सुस्त सुरुवात गरेपछि बजार क्र्यास भएको हो। यसबाट लगानीकर्ताहरूको करिब ६ लाख करोड रुपैयाँ नोक्सान भएको छ।बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स अघिल्लो दिनको बन्द मूल्य ८२,५३२ बाट सुरुमा ८२,३७६ मा खुल्यो। तर दिउँसोसम्म ६०० अंकभन्दा बढी घटेर करिब ८१,७८० को स्तरमा कारोबार गरिरहेको थियो।

बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स अघिल्लो दिनको बन्द मूल्य ८२,५३२ बाट सुरुमा ८२,३७६ मा खुल्यो। तर दिउँसोसम्म ६०० अंकभन्दा बढी घटेर करिब ८१,७८० को स्तरमा कारोबार गरिरहेको थियो।

यसैगरी नेशनल स्टक एक्सचेन्ज (एनएसई) को निफ्टी अघिल्लो दिनको २५,३८७ बाट सुरुमा २५,३२३ मा खुल्यो। पछि २०० अंकभन्दा बढी खसेर २५,१४१ को स्तरमा पुग्यो।

बीएसईमा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण अघिल्लो कारोबार दिनको करिब ५११.७१ लाख करोड रुपैयाँबाट घटेर ५०५.७१ लाख करोड रुपैयाँमा झरेको छ। यसअनुसार लगानीकर्ताहरूको लगभग ६ लाख करोड रुपैयाँ नोक्सान भएको गणना गरिएको छ।

गिरावटमा टाइटन, बजाज फाइनान्स, टीसीएस लगायतका ठूला कम्पनीका सेयरहरूमा पनि उल्लेखनीय गिरावट देखिएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612