काठमाण्डौ । मुलुकको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको विवरणअनुसार असोज मसान्तसम्मको सञ्चिति १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।
असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ। राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग भने ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ।
२०८३ असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले वस्तु आयात मात्रै १९.९ महिनासम्म धान्न सक्छ। वस्तुसँगै सेवाको आयातसमेत समेट्दा भने यस्तो क्षमता १७.२ महिना रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।