Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्ड बीच रेमिट्यान्स सम्झौता

Arthasansar •
November 19, 2026 • 11:05 AM
9
9 reads 0 reactions

नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा...

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्ड बीच रेमिट्यान्स सम्झौता

नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्याप ट्याप सेन्ड बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौताभएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुुरु भएको छ ।

यस सम्झौता सँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले त्बउत्बउ क्भलम को मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी प्रेषित गरिएको रकम माछापुच्छ्रे बैंककोे आफ्नै विप्रेषण सेवा मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहज रुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिनेछ ।

विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान र्पुयाउँदै आएको छ । यसबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग र्पुयाएको छ । साथै, बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यससँगै, माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।

यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम तथा हिमाल देखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहकहरु लाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ट्यापट्याप सेन्ड...

#माछापुच्छ्रे #सेन्ड #ट्याप
Compare →
Onlinekhabar
3d ago
माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता

१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै नेपालमा उक्त सेवामार्फत विप्रेषण कारोबारसमेत औपचारिक रूपमा सुरु भएको छ। सम्झौताअनुसार विदेशमा रहेका नेपाली …

#विप्रेषण #माछापुच्छ्रे #ट्याप
Compare →
Nagarik News
9h ago
प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ।

#माछापुच्छ्रे
Compare →
Hamro Patro News
1w ago
मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दा...

#ट्याप
Compare →
Ekantipur
3w ago
कास्कीको माछापुच्छ्रेमा युवक हत्या आरोपमा पाँच पक्राउ

कास्कीको माछापुच्छ्रेमा युवक हत्या आरोपमा पाँच पक्राउ

घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

#माछापुच्छ्रे
Compare →

Related Stories

Business & Economy
Build #2612