Trending
Prev Story
Next Story

सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

Ekantipur •
November 19, 2026 • 11:02 AM
7
7 reads 0 reactions

कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेपछि फाइनल प्रवेशका लागि त्रिवि मैदानमा दुवै टोलीबीच निर्णायक प्रतिस्पर्धा हुँदैछ।

सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेपछि फाइनल प्रवेशका लागि त्रिवि मैदानमा दुवै टोलीबीच निर्णायक प्रतिस्पर्धा हुँदैछ।

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान रवि बोपाराले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यस खेल जित्ने टोली फाइनलमा पुग्नेछ । राउन्ड रोबिन लिगमा सुदूरपश्चिम दोस्रो र चितवन चौथो भएको थियो । सुदूरपश्चिम क्वालिफायर १ मा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । चितवनले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको थियो ।

चितवन पहिलो पटक क्वालिफायर २ मा खेलिरहेको छ । सुदूरपश्चिमले पहिलो दुई सिजन नै फाइनल खेलेको थियो र दुवै पटक उपविजेतामै सीमित भएको थियो ।

चितवनले अघिल्लो दिन खेलेको टोलीबाट क्वालिफायर २ का लागि कुनै खेलाडी परिवर्तन गरेको छैन । सुदूरपश्चिमको टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थानुका दवारेको स्थानमा फाबियन एलेनलाई खेलाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको क्वालिफायर्स–२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

#चितवन #सुदूरपश्चिमविरुद्ध #ब्याटिङ
Compare →
Onlinekhabar
23h ago
मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मलानले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित …

#चितवन #ब्याटिङ
Compare →
Hamro Patro News
1d ago
सुदूरपश्चिमविरुद्ध चितवनका मलानले बनाए अर्धशतक

सुदूरपश्चिमविरुद्ध चितवनका मलानले बनाए अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजका डेभिड मलानले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरु...

#चितवन #सुदूरपश्चिमविरुद्ध
Compare →
Arthasansar
1d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#चितवन #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612