Trending
Prev Story
Next Story

भोलि हेटौंडा–कुलेखानी सडक बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

Ekantipur •
November 19, 2026 • 11:02 AM
3
3 reads 0 reactions

त्रिखण्डी मेलाका कारण शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न प्रशासनको आग्रह ।

भोलि हेटौंडा–कुलेखानी सडक बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

त्रिखण्डी मेलाका कारण शुक्रबार कान्ति लोकपथ प्रयोग गर्न प्रशासनको आग्रह ।

हेटौंडा — हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुवाहक सवारीसाधनलाई शुक्रबार एक दिन उक्त मार्ग भएर आवतजावत गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा मेला तथा जात्रा लाग्ने भएकाले उक्त मार्ग हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचनामा शुक्रबार हरिबोधिनी एकादशीका अवसरमा त्रिखण्डीमा मेला लाग्ने भएकाले यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ भएर आवतजावत गर्न भनिएको छ ।

त्रिखण्डेश्वर महादेव मन्दिर सडकछेउमै भएकाले भक्तजनको भीडभाड र साँघुरो तथा भिरालो बाटोको जोखिमलाई मध्यनजर गर्दै यात्रा सुरक्षित र सहज बनाउन शुक्रबार उक्त सडक भएर यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी रुटको सट्टा उक्त दिन कान्ति लोकपथबाट आवतजावत गर्न तथा गराउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ,’ उनले भने ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
21h ago
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

२ मङ्सिर, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले …

#प्रयोग
Compare →
Nagarik News
2d ago
कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।

#कान्ति
Compare →
Hamro Patro News
2d ago
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर ...

#कान्ति
Compare →

Related Stories

Education & Youth
Build #2612