Trending
Prev Story
Next Story

सी, ट्रम्प र पुटिनबीच डेढ घण्टा छलफल

Ekantipur •
November 19, 2026 • 11:02 AM
3
3 reads 0 reactions

चिनियाँ सरकारी सञ्चारमाध्यमहरुका अनुसार झन्डै बैठक डेढ घण्टासम्म चलेको थियो

सी, ट्रम्प र पुटिनबीच डेढ घण्टा छलफल

चिनियाँ सरकारी सञ्चारमाध्यमहरुका अनुसार झन्डै बैठक डेढ घण्टासम्म चलेको थियो

सेन्जेन — चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शेन्जेनमा ऐतिहासिक त्रिपक्षीय बैठक सम्पन्‍न भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरुका अनुसार बैठक झन्डै डेढ घण्टासम्म चलेको थियो ।

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा गुआङदोङ प्रान्तको शेन्जेनमा भएको उक्त बैठकमा विश्व शान्ति, परमाणु हतियार र युक्रेन सङ्कट लगायतका विषयमा छलफल भएको छ ।

बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ठूला राष्ट्रहरूबीच आपसी सम्बन्ध सुधार गर्ने र विश्व शान्तिलाई टेवा पुर्‍याउने विषयमा चार बुँदे धारणा राखेको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

उनले ठूला देशहरूले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, विन–विन सहकार्य तथा संवाद- परामर्शलाई आत्मसात् गर्नुपर्ने बताए ।

सीले एक–अर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने, आ–आफ्नो छनोटको सामाजिक व्यवस्था तथा विकास मार्गलाई स्वीकार गर्नुपर्ने र मुख्य चासो तथा संवेदनशीलताको कदर गर्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै, उनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुनेमा जोड दिए । प्रारम्भिक मन्तव्य दिँदै सीले विश्वव्यापी चुनौतीको सामना गर्न चीन, रुस र अमेरिका मिलेर काम गर्नुपर्ने बताए।

आणविक हतियारको विषयमा बोल्दै सीले  यसलाई पूर्ण रूपमा निषेध र नष्ट गरिनुपर्ने बताए। 'आणविक हतियारलाई पूर्ण रूपमा निषेध र उन्मूलन गरी यस्तो हतियारमुक्त विश्व निर्माण गरिनुपर्छ,' उनले भने ।

आणविक युद्ध जित्न नसकिने र लड्नै नहुने भन्दै उनले यसलाई रोक्न हरसम्भव प्रयास गरिनुपर्ने बताए।  अमेरिकी राष्ट्रपति ट्रम्पले बैठकको सुरुमा आफूहरूले 'साँच्चै इतिहास रचिरहेको' र छलफल गर्नुपर्ने धेरै विषय रहेको बताए।

उनले विश्वमा चर्चा भइरहेका सबै समस्यामाथि छलफल हुने बताए । विगतका नेताहरूले असहमति भएका नेताहरूसँग कुरा गर्न हच्किने गरेको टिप्पणी पनि उनले गरे ।

'संवादको अवसर अस्वीकार गरेर कहिल्यै शान्ति कायम हुँदैन,' ट्रम्पले भने । उनले विश्व राजनीतिमा अमेरिका,चीन र रुसको विशिष्ट स्थान रहेको बताए ।

रुसी राष्ट्रपति पुटिनले  रुस, चीन र अमेरिकाले मिलेर विश्व स्थायित्वलाई अझ बलियो बनाउन सक्ने बताए। 'युक्रेनको द्वन्द्वलगायत क्षेत्रीय द्वन्द्वको समाधानका सन्दर्भमा हाम्रा च थुप्रै साझा चासो छन्,' पुटिनले भने, 'हामीले रचनात्मक साझेदारीमा अघि बढेर यसमा अर्थपूर्ण योगदान दिन सक्छौ ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

३ मंसिर, काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएको दृश्य अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। …

#चिनियाँ #राष्ट्रपति #ट्रम्प
Compare →
Bizshala
1d ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#चिनियाँ #राष्ट्रपति #ट्रम्प
Compare →
Hamro Patro News
3h ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए मंसिर ३, २०८३ कान्तिपुर संवाददाता ...

#चिनियाँ #ट्रम्प #पुटिनबीच
Compare →
Nagarik News
9h ago
ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पहिलो पटक एकै ठाउँमा बसेर बैठक गर्ने भएका छन्।

#राष्ट्रपति #ट्रम्प #पुटिनबीच
Compare →

Related Stories

World News
Build #2612