आजको खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल प्रिमियर लिग (एनपीएल)- ३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम र इलिमिनेटर जितेर आएको चितवनबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो । यस खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीको एनपीएल यात्रा समाप्त हुनेछ ।