मुस्ताङ । चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो । मुस्ताङ हिमालपारिको सानो र मनोरम जिल्ला हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कात्तिक महिनासम्म स्वदेशी पर्यटक दुई हजार ८४१ र विदेशी पर्यटक पाँच हजार २२३ जना थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिएको जनाएको छ ।
Read full story at source ( kendrabindu.com )