काठमाडौँ, ३ मङ्सिर । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता रकम नतिर्ने दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ ।
प्राधिकरणले बक्यौता रकम नबुझाएका तथा अनुमतिपत्र नवीकरण नभएका सेवा प्रदायकलाई सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता चुक्ता गरी त्यसको जानकारी प्राधिकरणलाई गराउन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )