'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ : सी
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले आणविक हतियारमाथि पूर्ण प्रतिबन्ध लगाउन र विश्वलाई आणविक हतियारविहिन बनाउन आव्हान गरेका छन् । उनले आणविक हतियारलाई पूर्ण रूपमा नष्ट गरिनुपर्ने बताए ।
‘ऐतिहासिक’ मानिएको त्रिपक्षीय शिखर सम्मेलनमा एक महत्त्वपूर्ण वक्तव्य दिँदै सीले उक्त धारणा राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ, जसबाट आणविक-मुक्त विश्वको निर्माण हुन सकोस्,' सीको भनाइ उद्धृत गर्दै अलजजीरा समाचार एजेन्सीले लेखेको छ ।
उनले आणविक युद्ध कसैले पनि जित्न नसक्ने र यो लड्नै नहुने विषय भएको बताए । 'आणविक युद्ध जित्न सकिँदैन र यो लडिनु पनि हुँदैन । यसलाई रोक्न हरसम्भव प्रयास गरिनुपर्छ,' उनले थपे ।
बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी छन् ।