Trending
Prev Story
Next Story

इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण

Onlinekhabar •
November 16, 2026 • 01:30 PM
3
3 reads 0 reactions

३० कात्तिक, जेरुसेलम (रासस/सिन्ह्वा) । इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ । सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार …

इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण

३० कात्तिक, जेरुसेलम (रासस/सिन्ह्वा) । इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ ।

सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।

लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त क्षेत्रमा इजरायली हवाई आक्रमण भएको जनाएका छन् । अल जदीद टेलिभिजनका अनुसार पछिल्लो तीन महिनामा बेका क्षेत्रमा भएको यो पहिलो इजरायली आक्रमण हो ।

इजरायली सेनाले हिज्बुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हतियार तस्करी गर्ने र लेबनानभरि लडाकुहरू परिचालन गर्ने गतिविधि जारी राखेको आरोप लगाएको छ । साथै, इजरायल युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

यसैबीच, लेबनानी प्रसारक एलबीसीआईका अनुसार सोमबार बिहान करिब ५० इजरायली सैनिक शेबाको बाहिरी क्षेत्रमा प्रवेश गरी हमदान परिवारका दुई दाजुभाइलाई नियन्त्रणमा लिएका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार उनीहरूका अर्का भाइलाई इजरायलले एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ ।

इजरायली सेनाले भने उक्त स्थल कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
अक्टोबर ७ मा भएको आक्रमणको योजनामा ​​संलग्न हमास कमाण्डर इजरायली आक्रमणमा मारिए

अक्टोबर ७ मा भएको आक्रमणको योजनामा ​​संलग्न हमास कमाण्डर इजरायली आक्रमणमा मारिए

अक्टोबर ७ मा भएको आक्रमणको योजनामा ​​संलग्न हमास कमाण्डर इजरायली आक्रमणमा मारिए अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणको योजना बनाउन र निरीक्षण गर्न मद्दत गर्ने एक वरिष्ठ हमास नेता इजरायली हवाई आ...

#आक्रमण #इजरायली
Compare →
Nagarik News
1w ago
चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले रोके योजना

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले रोके योजना

इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारी भने नेतान्याहुको योजनाको विपक्षमा थिए।

#आक्रमण #इजरायली
Compare →
Ekantipur
10h ago
स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

अमेरिकाले बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ

#हतियार
Compare →
Arthasansar
3d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612