ओखलढुङ्गा । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको सिद्धिचरण नगरपालिका–०६ जन्तरखानीबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका –०६ जन्तरखानी बस्ने ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन् । अस्थायी प्रहरी पोस्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले मगरेको घरमा खोजतलास गर्दा खाटमुनि लुकाएर राखेको अवस्थामा दुई थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामका टुक्राहरू तथा बारुदजस्तो देखिने दुई वटा डब्बा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source ( ratopati.com )