Trending
Prev Story
Next Story

एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

Nagarik News •
November 18, 2026 • 12:56 PM
3
3 reads 0 reactions

आगामी निर्वाचनमा कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र उनीहरूलाई जिताउने जिम्मेवारीसमेत लिनुपर्ने उनको प्रस्ताव छ।

एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार छनोटका विषयमा पार्टी नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। आगामी निर्वाचनमा कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र उनीहरूलाई जिताउने जिम्मेवारीसमेत लिनुपर्ने उनको प्रस्ताव छ।

पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, पारदर्शी र जनमतमा आधारित बनाउनुपर्नेमा जोड दिए। व्यक्तिगत अनुमान र आग्रहका आधारमा उम्मेदवार छनोट गर्नुभन्दा जनमत सर्वेक्षण तथा व्यापक सुझाव संकलनलाई आधार बनाउनुपर्ने उनको भनाइ छ।

उम्मेदवार छनोटमा एक जनाले टिकट पाउँदा अन्य आकांक्षी असन्तुष्ट हुने र त्यसको दोष नेतृत्वलाई दिने प्रवृत्ति पार्टीभित्र आम बनेको उनले बताए। अब कार्यकर्ताले उम्मेदवार छनोटको जिम्मेवारी लिनुपर्ने र आफूले छानेका उम्मेदवारलाई जिताएर देखाउनुपर्ने उनको आग्रह छ।

‘उम्मेदवारका सन्दर्भमा एउटाले टिकट पाउने, आकांक्षीहरू असन्तुष्ट रहने, यो आम प्रवृत्ति बनिसक्यो। त्यसपछि दोष नेतृत्वलाई लगाउने। म कमरेडका बीचमा अनुरोध गर्न चाहन्छु, उम्मेदवारहरू पनि तपाईँहरू आफैं छान्नुस्, जिताएर देखाउनुस्। यसपटकको निर्वाचनका सन्दर्भमा यो संकल्प गरौं। कार्यकर्ताले उम्मेदवार छान्ने, कार्यकर्ताले जिताएर देखाउने,’ उनले भने।

पोखरेलले निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावकारी रूपमा परिचालन गर्न केन्द्रदेखि पालिकासम्मका कमिटी सक्रिय बनाउनुपर्ने बताए। विशेषगरी पालिका तहमा संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमिति गठन गर्नुपर्ने उनको प्रस्ताव छ। पार्टीका सबै कमिटी र सदस्य निर्वाचनमा परिचालित भए–नभएको अनुगमन गर्न छुट्टै संयन्त्र आवश्यक रहेको पनि उनले औंल्याए।

निर्वाचन प्रचार अभियानलाई परम्परागत र डिजिटल गरी दुई भागमा विभाजन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।

जनतासँग संवाद टुट्दा जनाधार कमजोर भयो

महासचिव पोखरेलले एमालेले विभिन्न अभियान सञ्चालन गरे पनि जनतासँग प्रभावकारी संवाद गर्न नसकेको स्वीकार गरेका छन्। वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान र ग्रासरुट अभियान सञ्चालन भए पनि ती अभियान जनतासँगको सम्बन्ध विस्तारमा प्रभावकारी हुन नसकेको उनको विश्लेषण छ।

उनका अनुसार पार्टीका अभियानहरू जनतासँग प्रत्यक्ष संवाद र उनीहरूका समस्या बुझ्ने माध्यम बन्नुपर्नेमा औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेका छन्। जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु र जनतासँगको संवाद टुट्नु नै निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्नुको एउटा प्रमुख कारण रहेको उनले बताए।

‘विगतमा हामीले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान, ग्रासरुट अभियान चलायौं। तर जनतासँग संवाद गर्ने काम तीनवटै अभियानमा कमै भयो। अबसम्म हामी जनतासँग संवाद गर्ने काम गर्न सक्दैनौं, जनाधार फिर्ता गर्न सकिँदैन। अहिले पनि हामी मिसन पार्टी जागरण चलाइरहेका छौं,’ उनले भने।

पोखरेलले जनताको सोच र अपेक्षा परिवर्तन भइरहे पनि पार्टीले त्यसलाई बुझ्न नसकेको बताए। पार्टीले जनतालाई बुझ्ने आफ्नै दृष्टिकोण बनाएको तर जनताको वास्तविक मनोविज्ञान र चाहना बुझ्न नसकेको उनको भनाइ छ।

‘हामीले जनताको बदलिएको मनोविज्ञान पनि बुझ्न सकेनौं। जनता एक–एक ढंगले सोचिरहेको, हामी जनतालाई अर्कै ढंगले बुझ्ने काम गर्‍यौँ। किन त्यस्तो भयो भनेर भन्दाखेरि हाम्रो जनतासँगको संवाद टुटिसक्या रहेछ। हाम्रा अभियानहरू, हाम्रा गतिविधिहरू फगत औपचारिकता र देखावटी रूपमा हुन थालेका रहेछन्। त्यसलाई नबदल्ने हो भने फेरि पनि हामीले सोचेजस्तो परिणाम ल्याउन सक्दैनौं,’ उनले भने।

उनले आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार गर्न जनताबीच पुगेर उनीहरूका मुद्दा, अपेक्षा र असन्तुष्टि बुझ्नुपर्ने बताए। जनतासँगको संवाद पुनःस्थापित नगरेसम्म गुमेको जनाधार फर्काउन नसकिने उनको निष्कर्ष छ।

चुनावी शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्ने

पोखरेलले विगतका निर्वाचनअघि पार्टीले गरेको चुनावी आकलन र वास्तविक परिणामबीच ठूलो अन्तर देखिएको पनि उल्लेख गरे। आगामी निर्वाचनको तयारी गर्दा अनुमानका आधारमा नभई स्थानीय राजनीतिक शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्ने उनको जोड छ।

यसका लागि विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनका परिणामको तुलनात्मक अध्ययन गरी पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्नुपर्ने उनले बताए।

त्यस्तै, विपक्षी दलहरूको संगठनात्मक अवस्था, जनतामाझ उनीहरूको प्रभाव, स्थानीय मुद्दा, जनसन्तुष्टि र सम्भावित चुनावी प्रभावको समेत मूल्याङ्कन गर्नुपर्ने उनको प्रस्ताव छ।

पोखरेलले उम्मेदवार छनोटदेखि संगठन परिचालन, जनतासँगको संवाद र चुनावी प्रचारसम्मका गतिविधिलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २ मंसिर २०८३ १८:४१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
सरकार प्रतिशोधको बाटोमा अघि बढ्यो, लोकतान्त्रिक मूल्य कमजोर बनायो : महासचिव पोखरेल

सरकार प्रतिशोधको बाटोमा अघि बढ्यो, लोकतान्त्रिक मूल्य कमजोर बनायो : महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाउनुभएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक...

#पोखरेल #एमा #शंकर
Compare →
Onlinekhabar
2d ago
सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढ्यो : एमाले महासचिव पोखरेल

सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढ्यो : एमाले महासचिव पोखरेल

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन्। सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले …

#पोखरेल #एमा #एमाले
Compare →
Ekantipur
3h ago
ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

बुधबार सुरू भएको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले जनतासँग सम्बन्ध विस्तार गर्न एमाले असफल भएको बताएका छन् ।

#पोखरेल #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612