Trending
Prev Story
Next Story

काठमाडौंका होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

Ekantipur •
November 18, 2026 • 01:03 PM
3
3 reads 0 reactions

मध्यरातमा होटल बन्द हुँदा पर्यटकलाई आवास र खानपानमा समस्या भएको भन्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंले प्रशासनसँग माग गरेको हो ।

काठमाडौंका होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

मध्यरातमा होटल बन्द हुँदा पर्यटकलाई आवास र खानपानमा समस्या भएको भन्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंले प्रशासनसँग माग गरेको हो ।

काठमाडौँ — जिल्ला होटल व्यवसायी संघ काठमाडौंले होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

संघका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरुले रातिको समयमा बजार तथा पर्यटनसम्बद्ध गतिविधिहरू बन्द हुँदा पर्यटकहरू निराश हुनुपर्ने अवस्था रहेको बताए ।

‘हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा लामो दूरीका यातायातका साधन २४सै घण्टा सञ्चालनमा छन्, विशेषगरी भारतका विभिन्न सहरबाट लामो दूरी पार गरी आफ्नै सवारीसाधनमा पर्यटकहरू प्रायः रातिको समयमा काठमाडौं आइपुग्ने गर्छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तर राति ११ बजेपछि होटलहरू बन्द हुँदा उनीहरूलाई आवास तथा खानपानको सेवा उपलब्ध गराउन कठिनाइ भएको छ, विदेशी पर्यटकहरू यहाँको मौलिक कला, संस्कृति, परम्परा तथा स्थानीय जीवनशैलीको अनुभव लिन इच्छुक हुन्छन् ।’

छिटो होटल बन्द हुँदा पर्यटको बसाईमा समेत असर पार्ने भएकाले काठमाडौंलाई पर्यटकमैत्री गन्तव्यका रूपमा विकास गर्न होटल तथा पर्यटन व्यवसायहरूलाई २४सै घण्टा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यक रहेको संघको भनाइ छ । ‘यसबाट पर्यटकले सहज सेवा पाउनुका साथै रोजगारी सिर्जना, व्यवसाय विस्तार र राज्यको राजस्व वृद्धिमा समेत योगदान पुग्नेछ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘अतः प्रचलित कानुन, शान्ति सुरक्षा तथा आवश्यक मापदण्डको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित काठमाडौं जिल्लाभित्र विधिवत् दर्ता भई सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायहरू २४सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाई पर्यटनमैत्री वातावरण निर्माण गरिदिनुहुन अनुरोध गर्दछौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै

काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै

काठमाडौंलाई २४सै घण्टा खुला गरिँदै यसअघि १ वैशाख २०८१ देखि काठमाडौंको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गरिसकिएको छ । मंसिर २, २०८३ कान्तिपुर संवाददाता ...

#काठमाडौं #२४सै #घण्टा
Compare →
Nagarik News
13h ago
ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक पूर्वाधार र भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लाभरका व्यापारिक क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको हो।

#काठमाडौं #घण्टा
Compare →
Onlinekhabar
9h ago
विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

२ मंसिर, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालनको समयसीमा राति २ बजेसम्म बढाएको छ । यसअघि यस्ता व्यवसाय राति साढे १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था …

#होटल
Compare →

Related Stories

National (Nepal)
Build #2612