Trending
Prev Story
Next Story

छोरीको बिहेमा चार लाख पाहुना बोलाउने अनन्त सिंहको सम्पत्ति कति ?

Onlinekhabar •
November 18, 2026 • 11:30 AM
1
1 reads 0 reactions

सामान्यतया घरका सदस्य, आफन्त र साथीभाइको सूची बनाइन्छ। पाहुनाको संख्या केही सय वा बढीमा केही हजार पुग्ला । तर बिहारका विधायक अनन्त सिंहकी छोरी शिवांगीको बिहेमा भने पाहुनाको संख्या सुन्दा नै अचम्म लाग्न सक्छ । अनन्त सिंहले …

छोरीको बिहेमा चार लाख पाहुना बोलाउने अनन्त सिंहको सम्पत्ति कति ?

सामान्यतया घरका सदस्य, आफन्त र साथीभाइको सूची बनाइन्छ। पाहुनाको संख्या केही सय वा बढीमा केही हजार पुग्ला ।

तर बिहारका विधायक अनन्त सिंहकी छोरी शिवांगीको बिहेमा भने पाहुनाको संख्या सुन्दा नै अचम्म लाग्न सक्छ ।

अनन्त सिंहले दाबी गरेका छन्, बिहेमा चार लाख मानिस आउनेछन् ।

उनकी छोरी शिवांगीको बिहे आगामी २५ नोभेम्बरमा अनन्त सिंहकै पैतृक गाउँ नदवाँमा हुँदैछ । पटना शहरबाट करिब ६५ किलोमिटर टाढाको गाउँ अहिले यही बिहेका कारण चर्चामा छ ।

अनन्त सिंहका अनुसार चार लाख पाहुना त सुरुवात मात्रै हो । त्योभन्दा धेरै मानिस आए पनि उनीहरूका लागि खानाको व्यवस्था गरिनेछ ।

उनले बिहेको निम्तो भारतमा मात्र होइन, पाकिस्तानसम्म पनि पठाइएको बताएका छन् ।

बिहेमा पाहुनाको संख्या मात्र ठूलो छैन, तयारी पनि कम रोचक छैन । बिहेको अवसरमा घोडदौड प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कारस्वरूप थार गाडी दिने घोषणा गरिएको छ ।

अनन्त सिंहकी पत्नी नीलम देवीले सामाजिक सञ्जालमार्फत घोडदौडको घोषणा गरेकी थिइन्। पछि अनन्त सिंहले पनि यसको पुष्टि गरेका छन्।

‘सिनेमा हेर्न टिकट काट्नुपर्दैन, बिहेमा आउनुस्’

अनन्त सिंह आफ्नो ठट्यौली शैलीका लागि पनि चर्चित छन् ।

बिहेमा क-कसलाई निम्तो दिइएको छ भनेर पत्रकारहरूले सोध्दा उनी सहजै जवाफ दिन्छन्, ‘सिनेमा जस्तो टिकट लिनुपर्दैन, सबै बिहेमा आउनुस् ।’

छोरीको बिहेमा ज्वाइँलाई महँगो गाडी दिने चर्चा पनि छ । तर ज्वाइँ ऋषिकेशका पिता रण विजय कुमारले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

ऋषिकेश पटना, बिहटास्थित कृष्णानगरका हुन्। परिवारका अनुसार उनले अमेरिकाबाट एमबीए गरेका छन् ।

बिहेको तयारी र खर्चको चर्चा बढ्दै गएपछि अर्को प्रश्न पनि उठेको छ, आखिर अनन्त सिंहसँग कति सम्पत्ति छ?

अनन्त सिंह दम्पतीसँग कति सम्पत्ति ?

भारतको निर्वाचन आयोगमा बुझाइएको सन् २०२५ को निर्वाचन हलफनामाअनुसार अनन्त सिंह र उनकी पत्नी नीलम देवीसँग कुल करिब १०० करोड रुपैयाँको चल-अचल सम्पत्ति छ ।

हलफनामाअनुसार अनन्त सिंहसँग करिब २६ करोड रुपैयाँको चल सम्पत्ति छ। उनकी पत्नी नीलम देवीसँग करिब १३ करोड रुपैयाँको चल सम्पत्ति छ ।

अनन्त सिंहसँग नगद १५ लाख रुपैयाँ छ भने नीलम देवीसँग ३४ लाख रुपैयाँ नगद रहेको उल्लेख छ ।

अनन्त सिंहका पटना र बाढमा पाँच बैंक खाता छन् । नीलम देवीका १२ बैंक खाता छन् ।

रोचक कुरा के छ भने, जसको बिहे हुँदैछ, त्यही छोरी शिवांगी सिंहको नाम पनि हलफनामामा आश्रितका रूपमा उल्लेख छ । तर उनका नाममा कुनै बैंक खाता छैन ।

अनन्त सिंहसँग तीन करोड रुपैयाँभन्दा बढी मूल्यका गाडी रहेको हलफनामामा उल्लेख छ।

यसमा सन् २०२४ मा किनेको करिब ४८ लाख रुपैयाँको टोयोटा फर्च्युनर पनि छ । त्यस्तै, सन् २०१३ मा किनेको महिन्द्रा एक्सयूभी ५०० र सन् २०१५ मा किनेको करिब २ करोड ७० लाख रुपैयाँको ल्यान्ड क्रूजर पनि उनीसँग छ।

पत्नी नीलम देवीसँग इनोभा क्रिस्टा, महिन्द्रा थार र फर्च्युनर सिग्मा छन् ।

दुवैको गाडीको कुल मूल्य चार करोड रुपैयाँभन्दा बढी रहेको हलफनामामा उल्लेख छ। अनन्त सिंहसँग १५० ग्राम सुन छ। यसको मूल्य करिब १५ लाख रुपैयाँ बताइएको छ।

नीलम देवीसँग भने करिब ७०० ग्राम सुन र ६ किलो चाँदी छ । यसको मूल्य ७१ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख छ।

यतिमात्र होइन, अनन्त सिंहसँग घोडा, गाई, हात्ती र भैंसीसमेत छन् । यी पशुधनको मूल्य करिब एक लाख ९० हजार रुपैयाँ देखाइएको छ।

चल सम्पत्तिबाहेक अनन्त सिंहसँग करिब ११ करोड रुपैयाँको अचल सम्पत्ति छ। उनकी पत्नी नीलम देवीसँग भने करिब ४९ करोड रुपैयाँको अचल सम्पत्ति रहेको हलफनामामा उल्लेख छ।

अनन्त सिंहको खेतीयोग्य जमिनको मूल्य करिब १५ लाख रुपैयाँ छ । नीलम देवीसँग भने ६ करोड रुपैयाँभन्दा बढी मूल्यको खेतीयोग्य जमिन छ ।

अनन्त सिंहको नदवाँ गाउँमा गैरखेतीयोग्य जमिन पनि छ, जसको मूल्य एक करोड रुपैयाँभन्दा बढी छ ।

त्यसबाहेक पटना र उत्तर प्रदेशका विभिन्न स्थानमा नीलम देवीको नाममा जमिन तथा सम्पत्ति रहेको उल्लेख छ ।

अनन्त सिंहसँग पटना फ्रेजर रोडमा ‘हसन मञ्जिल’ नामको व्यावसायिक भवन छ। यसको हालको मूल्य करिब १० करोड रुपैयाँ बताइएको छ ।

नीलम देवीसँग पनि पटना, बाढ र गुरुग्राममा विभिन्न सम्पत्ति तथा कार्यालय छन् ।

पटना बोरिङ रोडमा ५,७०० वर्गफिटको फ्ल्याट र दिल्लीको जीकेमा २,१०० वर्गफिटको फ्ल्याटसमेत उनको नाममा छ ।

सम्पत्ति जति छ, ऋणको कारोबार पनि कम रोचक छैन ।

हलफनामाअनुसार अनन्त सिंहले पत्नी नीलम देवीलाई मात्रै ८ करोड ३७ लाख रुपैयाँभन्दा बढी ऋण दिएका छन् । अन्य व्यक्तिलाई पनि उनले ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी ऋण दिएका छन् ।

नीलम देवीले पनि विभिन्न व्यक्ति तथा संस्थालाई १० करोड रुपैयाँभन्दा बढी ऋण दिएको उल्लेख छ ।

यसरी अनन्त सिंह दम्पतीले अरूलाई दिएको ऋणको रकम २२ करोड रुपैयाँभन्दा बढी पुग्छ ।

यता अनन्त सिंहमाथि पनि दुई करोड रुपैयाँभन्दा बढी ऋण छ। उनकी पत्नी नीलम देवीमाथि २३ करोड रुपैयाँभन्दा बढी ऋण रहेको हलफनामामा उल्लेख छ।

चार लाख मानिस आउने दाबी गरिएपछि सबैभन्दा स्वाभाविक प्रश्न हो,  यति ठूलो बिहेको खर्च कति होला ?

तर अनन्त सिंहले खर्चको ठ्याक्कै हिसाब खुलाएका छैनन् ।

बरु उनले आफूले एक्लै खर्च नगर्ने बताएका छन् ।

उनका अनुसार उनका साथी र शुभेच्छुकहरूले बिहेको विभिन्न खर्च उठाइरहेका छन् । कसैले शामियानाको खर्च बेहोर्छन्, कसैले अर्को व्यवस्था मिलाउँछन्।

‘मेरो साथीहरू देशभर छन्’ भन्ने उनको भनाइ छ ।

अनन्त सिंहकी छोरीको बिहे यसअघि नै चर्चामा छ। तर यो पहिलोपटक भने होइन । उनकी जेठी छोरीको बिहे पनि भव्य रूपमा भएको थियो ।

त्यतिबेला पनि घोडदौड प्रतियोगिता आयोजना गरिएको थियो र विजेतालाई गाडी पुरस्कार दिइएको स्थानीय पत्रकारहरूले बताएका छन् ।

फरक यति हो, त्यतिबेला सामाजिक सञ्जाल अहिलेको जस्तो व्यापक थिएन ।

यसपटक भने चार लाख पाहुना, घोडदौड र थार गाडीको पुरस्कारसँगै अनन्त सिंहको सम्पत्तिको विवरण पनि चर्चामा आएको छ।

र प्रश्न फेरि उही छ, चार लाख मानिसलाई निम्तो दिने बिहे कति भव्य होला ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

काठमाण्डौ । बिहारका मोकामा क्षेत्रका प्रसिद्ध बाहुबली विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह २५ नोभेम्बर २०२६...

#अनन्त #सिंह
Compare →
Nagarik News
1h ago
जीटीए ६ खेल्न यी युवाले गरे श्रीमती र छोरीसँग ‘नो डिस्टर्ब’ करारनामा, ‘किचकिच’ गर्न नपाइने

जीटीए ६ खेल्न यी युवाले गरे श्रीमती र छोरीसँग ‘नो डिस्टर्ब’ करारनामा, ‘किचकिच’ गर्न नपाइने

स्कटल्यान्डका ३८ वर्षीय स्वरोजगार पेन्टर तथा डेकोरेटर सन लिटलले भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ शान्तिपूर्ण रूपमा खेल्न श्रीमती र छोरीसँग हस्तक्षेप नगर्ने लिखित सम्झौता गरेका छन्।

#छोरी
Compare →
Hamro Patro News
18h ago
अष्ट्रेलिया पुगेर गायक अनिल सिंहले खुलाए स्वास्थ्य समस्या, भने- ‘खुट्टा काट्नुपर्छ भनेपछि नेपाल छाडेँ’

अष्ट्रेलिया पुगेर गायक अनिल सिंहले खुलाए स्वास्थ्य समस्या, भने- ‘खुट्टा काट्नुपर्छ भनेपछि नेपाल छाडेँ’

अष्ट्रेलिया पुगेर गायक अनिल सिंहले खुलाए स्वास्थ्य समस्या, भने- ‘खुट्टा काट्नुपर्छ भनेपछि नेपाल छाडेँ’ केहि सेकेन्ड अघि काठमाडौं : पप गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण स्वास्थ्यमा गम्भीर स...

#सिंह
Compare →
Ekantipur
2d ago
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

#सिंह
Compare →

Related Stories

Sports
Build #2612