Trending
Prev Story
Next Story

अस्ट्रेलियाबाट अनिल सिंहको पीडादायी सन्देश: अत्यधिक धूम्रपानका कारण खुट्टा काट्ने अवस्था आयो

Nagarik News •
November 17, 2026 • 01:15 PM
1
1 reads 0 reactions

हाल अस्ट्रेलियाको सांगीतिक टुरमा रहेका सिंहले आफ्नो व्यक्तिगत संघर्ष सार्वजनिक गर्दै विगतमा गरेको स्वास्थ्यसम्बन्धी लापरबाहीप्रति पश्चात्ताप व्यक्त गरेका छन्।

अस्ट्रेलियाबाट अनिल सिंहको पीडादायी सन्देश: अत्यधिक धूम्रपानका कारण खुट्टा काट्ने अवस्था आयो

चर्चित गायक अनिल सिंहले आफ्नो स्वास्थ्य अवस्थाबारे खुलासा गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक भिडियो सन्देश सार्वजनिक गरेका छन्। उनले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा गम्भीर समस्या देखिएको र चिकित्सकले खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने बताएको खुलासा गरेका हुन्।

हाल अस्ट्रेलियाको सांगीतिक टुरमा रहेका सिंहले आफ्नो व्यक्तिगत संघर्ष सार्वजनिक गर्दै विगतमा गरेको स्वास्थ्यसम्बन्धी लापरबाहीप्रति पश्चात्ताप व्यक्त गरेका छन्।

उनका अनुसार खुट्टामा समस्या देखिएपछि अस्पताल पुग्दा चिकित्सकले शरीरको पूर्ण परीक्षण गरेका थिए। परीक्षणपछि अत्यधिक धूम्रपान नै स्वास्थ्य समस्या देखिनुको प्रमुख कारण भएको जानकारी पाएको उनले बताएका छन्।

सिंहले आफू कुनै समय दैनिक चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेको पनि खुलाएका छन्। चिकित्सकले तत्काल धूम्रपान छाड्न सुझाव दिएपछि आफूले चुरोटको मात्रा घटाएर दैनिक दुई खिल्लीमा झारेको उनले बताए। अहिले पनि औषधि सेवन गरिरहेको उनको भनाइ छ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपालमा उपचार गराइरहेका सिंह अस्ट्रेलिया पुगेका हुन्। उनले अस्ट्रेलिया भ्रमणका लागि छोटो समयमै भिसा प्राप्त भएको अनुभवलाई आफ्नो जीवनको चमत्कारजस्तै भएको बताएका छन्।

अस्ट्रेलियाको तास्मानियामा सांगीतिक प्रस्तुति दिइसकेका उनले दर्शकबाट राम्रो माया पाएको पनि उल्लेख गरेका छन्।

सिंहले आफ्नो स्वास्थ्यप्रति लापरबाही गरेको स्वीकार गर्दै यसका लागि अरू कसैलाई दोष दिन नमिल्ने बताएका छन्। उनले उपचारमा संलग्न चिकित्सक डा. दीपेश शाक्यप्रति आभार व्यक्त गरेका छन्।

त्यस्तै, अस्ट्रेलिया भ्रमणका क्रममा सँगै रहेका गायक प्रकाश सपूत र गायिका रचना रिमालले आफ्नो विशेष हेरचाह गरेको भन्दै उनीहरूलाई धन्यवाद दिएका छन्।

अबको सांगीतिक कार्यक्रम एडिलेडमा रहेको उल्लेख गर्दै सिंहले त्यहीँबाट सधैँका लागि धूम्रपान त्याग्ने प्रण गरेर फर्किने बताएका छन्।

भिडियो सन्देशको अन्त्यमा उनले जीवनमा जति समय बाँच्छन्, संगीतसँग जोडिएर गीत गाइरहने र दर्शक–श्रोतासँग आफ्ना अनुभव साझा गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै आफ्नो स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गरिदिन आग्रह गरेका छन्।

प्रकाशित: १ मंसिर २०८३ १९:०० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
धूम्रपानकै कारण खुट्टा गुमाउनुपर्ने अवस्था आएको भन्दै गायक अनिल सिंहले गरे सबैलाई चुरोट छाड्न आग्रह

धूम्रपानकै कारण खुट्टा गुमाउनुपर्ने अवस्था आएको भन्दै गायक अनिल सिंहले गरे सबैलाई चुरोट छाड्न आग्रह

काठमाडौं । गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा गम्भीर स्वास्थ्य समस्या देखिएको खुलासा गरेका छन् । चिकित्सकले खुट्टा नै काट्नुपर्ने हुन सक्ने बताएपछि आफू उपचारका लागि अस्ट्रेलिया...

#सिंह #खुट्टा #धूम्रपान
Compare →
Onlinekhabar
4h ago
के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’

के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’

वि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमा उनीहरू आफ्ना भावना व्यक्त भएको महसुस गर्थे । त्यसैले, …

#सिंह #अनिल
Compare →
Ekantipur
1d ago
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

#सिंह
Compare →
Arthasansar
1w ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →

Related Stories

Technology
Build #2612