Trending
Prev Story
Next Story

धितोपत्र बोर्डको नियमन क्षमता बढाउन टोरोन्टो सेन्टरसँग छलफल, जोखिममा आधारित सुपरिवेक्षणमा जोड

Bizshala •
November 18, 2026 • 11:04 AM
2
2 reads 0 reactions

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय तथा सुपरिवेक्षकीय क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय संस्था...

धितोपत्र बोर्डको नियमन क्षमता बढाउन टोरोन्टो सेन्टरसँग छलफल, जोखिममा आधारित सुपरिवेक्षणमा जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय तथा सुपरिवेक्षकीय क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय संस्था टोरोन्टो सेन्टरसँग छलफल भएको छ।

धितोपत्र बोर्ड र टोरोन्टो सेन्टरका प्रतिनिधिबीच कात्तिक ३० र मंसिर १ गते बोर्डको कार्यालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

नेपालको धितोपत्र बजारको वर्तमान नियामकीय अवस्था मूल्याङ्कन गर्ने, विद्यमान चुनौती पहिचान गर्ने तथा नियमन र सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्रभावकारी बनाउने उद्देश्यले छलफल गरिएको बोर्डले जनाएको छ।

छलफलमा धितोपत्र बजारको कानुनी तथा नियामकीय व्यवस्था, बजारको समग्र अवस्था, संस्थागत स्रोतसाधन, बजार सहभागीहरूको गतिविधि, वित्तीय उपकरण, बजार आचरण तथा लगानीकर्ताका गुनासा र उजुरी व्यवस्थापनका विषय समेटिएका थिए।

त्यस्तै, बजारमा हुने गतिविधिको प्रभावकारी निगरानी, सूचना प्रविधि पूर्वाधारको विकास, वित्तीय साक्षरता विस्तार तथा लगानीकर्ता संरक्षणका विषयमा समेत छलफल भएको छ।

कार्यक्रममा जलवायु परिवर्तन तथा वातावरणीय जोखिमले वित्तीय प्रणालीमा पार्न सक्ने प्रभाव र हरित वित्त (ग्रीन फाइनान्सिङ) प्रवर्द्धनका लागि भएका पहलहरूको पनि समीक्षा गरिएको थियो।

बोर्डका कार्यकारी निर्देशकलगायत उच्च पदस्थ कर्मचारीहरूले नेपालको पुँजीबजारको वर्तमान अवस्था, नियामकीय चुनौती तथा सुधारका आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए।

बोर्डले यस अन्तरक्रियाबाट संस्थागत क्षमता विकासका आवश्यकता पहिचान गर्न र आगामी दिनमा जोखिममा आधारित सुपरिवेक्षण प्रणालीसहितका नियामकीय अभ्यासलाई अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छः सेना

विपद्मा सङ्गठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छः सेना

काठमाडौँ, ३० कात्तिक । नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनःस्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको ...

#क्षमता
Compare →
Nagarik News
2d ago
विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना

विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना

नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनःस्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ।

#क्षमता
Compare →
Onlinekhabar
3h ago
फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

२ मङ्सिर, मनिला (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन् । उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे। राष्ट्रपति फर्डिनान्ड …

#बढाउन #जोड
Compare →

Related Stories

Business & Economy
Build #2612