Trending
Prev Story
Next Story

आईजीपी विवादमा बहस : कार्कीका कानुन व्यवसायीले मागिरहे अन्तरिम, अदालतले दियो कारण देखाउ आदेश

Ekantipur •
November 18, 2026 • 10:02 AM
3
3 reads 0 reactions

बुधबार भएको सुनुवाइपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश गरेको हो ।

आईजीपी विवादमा बहस : कार्कीका कानुन व्यवसायीले मागिरहे अन्तरिम, अदालतले दियो कारण देखाउ आदेश

बुधबार भएको सुनुवाइपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश गरेको हो ।

काठमाडौं — निवर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको मुद्दामा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ । बुधबार भएको सुनुवाइपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश गरेको हो ।

न्यायाधीश पौडेलको एकल इजलासमा रहेको पेसीमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले कार्कीलाई आईजीपीबट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै अन्तरिम आदेशमार्फत काममा फर्काउन माग गरेका थिए । कार्कीका तर्फवाट भएको एकतर्फी बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले आइजीपीको पद निश्चित अवधि तोकेर नियुक्ती गरिने भएकाले सरकारले मन लाग्दैमा अन्यत्र सरुवा गर्ने वा हटाउन नमिल्ने दाबी गरेका छन् । उनीहरूले मुख्य रुपमा यसका लागि दुई वटा नजीर पेस गरेका थिए । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नजीरलाई पेस गरेका थिए । बहसको सुरुवात गर्दै विशेष अदालत बार एसोसिएसन नेपालका अध्यक्ष अधिवक्ता टीकाबहादुर कुँवरले सरकारको निर्णय नेपाली प्रहरी ऐन, संविधान र अन्य कुनै पनि कानुनले सर्मथन नगर्ने भएकाले आजैदेखि पदमा फर्किएर काम गर्नु दिनु भनि अन्तरिम आदेशको माग गरे ।

‘प्रहरी महानिरीक्षकलाई पदबाट हटाउनुको कुनै कारण र स्पष्टीकरणसमेत सोधिएन । प्रहरी महानिरीक्षकको १८ महिना बाँकी रहँदै सरकारले स्वेच्छाचारी ढङ्गबाट हटायो,’ कुँवरले बहसमा भने, ‘सरकारले दानबहादुर कार्कीलाई हटाउने दुषित मनसाय नै राखेर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने  निर्णय गरेको र उक्त निर्णय प्रथम दृष्टिमै गलत छ ।’

उनीपछि बरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका थिए । बस्नेतले सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दा पत्रमा नै कार्की इमान्दार र विगतमा कर्तव्यमै केन्द्रित भएको भनेकाले हटाउने आधार नभएको तर्क गरे । उनले आइजीपी पद सोही सरहको सुविधा दिएकै आधारमा सरुवा गर्ने पदको रुपमा कानुनले कल्पना नगरेकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे ।

उनीपछि वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले बहस गरे । बहसका क्रममा उनले निश्चित अवधि तोकेर नियुक्त भएको व्यक्तिलाई कुनै पनि आधार र कारण बिना हटाउन नमिल्ने र कार्कीको हकमा स्पष्टीकरण समेत सोध्ने काम नभएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे । ‘नियुक्ति नै गलत छ भन्ने पत्रले बोल्छ । आधा अवधि काम गर्न पाएको छैन, प्रहरी महानिरीक्षकबाट हटाउनुपर्ने कारण देखिन्न,’ खरेलले भने ‘नवराज सिलवाल र हितेन्द्रदेव शाक्यको नजीर हेर्दा तत्काल अन्तरिम आदेश जारी हुनुपर्छ ।’

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि आदेश आउन ब...

#आदेश #कार्की #आईजीपी
Compare →
Nagarik News
40m ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अल्पकालीन आदेश

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#आदेश #कार्की
Compare →
Onlinekhabar
2h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै

२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइका क्रममा बहस सकिएको …

#कार्की #बहस #आदेश
Compare →
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#कार्की #आईजीपी
Compare →

Related Stories

National (Nepal)
Build #2612