Trending
Prev Story
Next Story

पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)

Onlinekhabar •
November 18, 2026 • 07:00 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका लागि स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्यांकन गर्ने भएको छ । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि अब जिल्ला …

पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)

२ मंसिर, काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका लागि स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्यांकन गर्ने भएको छ ।

भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि अब जिल्ला र पालिकाको छुट्टाछुट्टै अनुगमन र मूल्यांकन सुरु गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी गराइन् ।

‘समस्या समाधानका लागि निर्धारित विभिन्न चरणमध्ये कुन स्थानीय तह कुन चरणमा पुगेको छ ? प्रत्येक हप्ता के कति प्रगति भएको छ ? भन्ने विषयलाई व्यवस्थित रूपमा ट्र्याक गरिनेछ,’ मन्त्री रावलले भनिन्,‘प्रगति हुन नसकेका स्थानीय तह तथा जिल्लामा मन्त्रालयले आवश्यक हस्तक्षेप गर्ने, देखिएका समस्या पहिचान गर्ने र समाधानका लागि सहजीकरण गर्नेछ ।’

हालसम्म पाँच जिल्लाका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त रहेको जानकारी गराइएको छ ।

बागलुङको जैमनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका सोलुखुम्बुको खुम्बु पासाङल्हामु र महाकुलुङ गाउँपालिका र रुकुम पूर्वको भूमे गाउँपालिकामा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीमुक्त पालिका बनेका छन् ।

आफ्नो स्थानीय तह तथा जिल्लालाई भूमिहीन समस्या मुक्त बनाउने अभियानमा सक्रियतापूर्वक साथ दिन मन्त्री रावलले जनप्रतिनिधिलाई आग्रह गरेकी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
18h ago
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ।

#भूमिहीन #दलित #अव्यवस्थित
Compare →
Hamro Patro News
1w ago
चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर गरपालिका वडा नं १२ का १७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।जसमध्ये १ भूमिहिन दलित, ४ भूमिहिन सुकुम्बासी र १२ अव्यवस्थित परिवार ...

#अव्यवस्थित #भूमिहीन
Compare →
Bizshala
18h ago
भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

काठमाण्डौ । सरकारले देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबाट...

#भूमिहीन
Compare →

Related Stories

National (Nepal)
Build #2612