Trending
Prev Story
Next Story

बालेन सरकारमाथि सीकेको आरोप : ८ महिनामा सिन्को पनि भाँच्न सकेनन्, बाँकी त एल्गोरिदम हुन्

Nagarik News •
November 18, 2026 • 02:05 AM
4
4 reads 0 reactions

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चुनावअघि गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन्।

बालेन सरकारमाथि सीकेको आरोप : ८ महिनामा सिन्को पनि भाँच्न सकेनन्, बाँकी त एल्गोरिदम हुन्

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चुनावअघि गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन्।

राउतले सामाजिक सञ्जालमार्फत बालेनले मेयर बन्नुअघि र प्रधानमन्त्री बन्नुअघि गरेका प्रतिबद्धता तथा अहिलेका कामबीच ठूलो अन्तर रहेको बताएका हुन्।

उनले दुईतिहाइको समर्थनसहित सरकार सञ्चालन गर्ने अवसर पाउँदा पनि आठ महिनामा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाएका छन्। काठमाडौंको धूलो नियन्त्रण, फोहोरबाट बिजुली उत्पादन, सार्वजनिक यातायातमा जीपीएस प्रणाली लागू गर्ने र विकासका काम अघि बढाउने प्रतिबद्धता पूरा नभएको उनको दाबी छ।

'हाम्रो अझै अपेक्षा बालेनले राम्रो गरोस् भन्ने हो, तर बालेनले जे-जे बोले, त्यो केही पूरा गरेनन् बरु ठीक उल्टा गरे,' राउतले भनेका छन्, 'यथार्थमा दुईतिहाइको एकछत्र राज्य हुँदा पनि ८ महिनामा सिन्को भाँच्न सकेनन्, बाँकी त एल्गोरिदम न हुन्।️'

त्यस्तै, राउतले काठमाडौं महानगरपालिकाको मेयर हुँदा सडक व्यवसायी तथा गरिब नागरिकमाथि बल प्रयोग गरेर हटाइएको र प्रधानमन्त्री भएपछि पनि त्यस्तै कार्यशैली दोहोरिएको आरोप लगाए। सरकारको आलोचना गर्नेहरूमाथि प्रहरी प्रशासन प्रयोग गरिएको, शिक्षा, स्वास्थ्य र विद्युतमा कर लगाएर जनतालाई थप भार पारिएको उनको टिप्पणी छ।

राउतले महानगरपालिकाको बजेट खर्च, बेरुजु, विभिन्न संस्थालाई गरिएको आर्थिक सहयोग, विदेश भ्रमण र लिफ्ट खरिदलगायतका विषय उठाउँदै आर्थिक पारदर्शितामाथि पनि प्रश्न गरेका छन्।

उनले वर्तमान सरकारमा सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताअनुसार काम नभएको आरोप लगाउँदै मन्त्री, सांसद तथा सरकारी नियुक्तिमा नातावाद र कृपावाद हाबी भएको दाबी गरेका छन्। पासपोर्ट ठेक्का, सुनकोशी–मरिण आयोजनालगायतका ठेक्का प्रक्रियामा समेत अनियमितता भएको उनको आरोप छ।

संघीयताको विषयमा पनि राउतले बालेनमाथि प्रश्न उठाएका छन्। बालेन संघीयता विरोधी र प्रदेश संरचना खारेज गर्ने पक्षमा रहेको दाबी गर्दै उनले प्रदेशलाई अधिकार दिनुको सट्टा उल्टै अधिकार खोस्ने काम भइरहेको आरोप लगाएका छन्।

मधेशप्रति सरकारले उपेक्षापूर्ण व्यवहार गरेको, सीमाक्षेत्रमा दमन बढेको तथा मधेशीमाथि सुरक्षा निकायबाट बल प्रयोग र गोली प्रहारका घटना भइरहेको उनको आरोप छ।

राउतले बालेनले चुनावअघि गरेका प्रतिबद्धता र अहिलेको कार्यशैलीबीचको अन्तर देखाउँदै जनताले सरकारको कामलाई भ्रमपूर्ण प्रचारभन्दा वास्तविक उपलब्धिका आधारमा मूल्यांकन गर्नुपर्ने बताएका छन्।

प्रकाशित: २ मंसिर २०८३ ०७:५० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
बालेन सरकारमाथि एमालेको ८ आरोप, मंसिर २ गते काठमाडौंमा शक्ति प्रदर्शन

बालेन सरकारमाथि एमालेको ८ आरोप, मंसिर २ गते काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको आरोप लगाएका छन् । सरकारले प्रतिशोधको राजनीति गरेको, राज्यका निकायल...

#बालेन-शाह #बालेन #सरकारमाथि
Compare →
Onlinekhabar
14h ago
‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बालेन शाह नेतृत्वको सरकारले तर्साएर शासन चलाउन खोजेको आरोप लगाएका छन् । उनको थप आरोप छ- यो सरकारले कांग्रेसलाई दुई टुक्रा बनाउन चाहेको छ । कांग्रेसको आन्तरिक विवादमा अहिलेको सरकारले …

#बालेन-शाह #लगाए
Compare →
Bizshala
20h ago
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने तयारीमा...

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2d ago
प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !

प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !

प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612