गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।
सर्लाही — हस्ताक्षर किर्ते गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायलाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँसभा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा दर्ता भएको मुद्दामा प्रहरीले रायलाई मंगलबार पक्राउ गरेको हो । उनी स्थानीय तह निर्वाचनमा जसपाबाट अध्यक्षमा विजयी भएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले अध्यक्ष रायलाई कीर्ते मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । ‘हामीले रायलाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘बुधबार (भोलि) अदालतमा पेस गर्छौं ।’
गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा रायीविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ । उनीविरुद्धको मुद्दाका बारेमा प्रहरीले विस्तृत बताएको छैन् ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।