१ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि खेलाडी साटफेर गर्ने क्रममा मोहम्मद शामी र एम सिद्धार्थ राजस्थान रोयल्समा पुगेका छन्। अलराउन्डर साम करान भने राजस्थानबाट लखनउ सुपर जायन्ट्समा गएका छन्।
अनुभवी तीव्र गतिका बलर शामी लखनउबाट राजस्थान पुगेका हुन्। लखनउले उनलाई १० करोड भारुमा अनुबन्ध गरेको थियो। तर, राजस्थानमा उनको नयाँ अनुबन्ध रकम ८ करोड भारु हुनेछ।
३६ वर्षीय शामीले आईपीएलमा अहिलेसम्म १३२ खेल खेल्दै १४५ विकेट लिएका छन्। उनको आगमनले राजस्थानको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।
बायाँ हाते स्पिनर एम सिद्धार्थ पनि लखनउबाट राजस्थान पुगेका छन्। उनको पारिश्रमिक भने ७५ लाख भारु नै कायम रहनेछ।
यस्तै, अलराउन्डर साम करन राजस्थानबाट लखनउ पुगेका छन्। उनी २ करोड ४० लाख भारुको पुरानै पारिश्रमिकमा लखनउमा आबद्ध भएका हुन्।
करनले आईपीएलमा अहिलेसम्म ५९ विकेट लिनुका साथै ९९७ रन बनाएका छन्। बलिङमा विविधता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमताका कारण उनी लखनउका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।