यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।
काठमाडौँ — सेयर बजारमा सूचीकृत तीन कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश दिने घोषणा गरेका छन् ।
सर्वोत्तम सिमेन्ट्स, नेपाल हाइड्रो डेभलपर र सानिमामाइ हाइड्रोपावरले लाभांश घोषणा गरेका हुन् ।
सर्वोत्तम सिमेन्ट्सको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
यसले ६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सर्वोत्तमले गत आर्थिक वर्षमा २० प्रतिशत लाभांश दिएको थियो ।
त्यस्तै, नेपाल हाइड्रो डेभलपरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यसले गत आर्थिक वर्षमा ९.४७ प्रतिशत लाभांश दिएको थियो ।
सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यसले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यसले यसअघि २०८० ८१ मा १०.५२ प्रतिशत लाभांश दिएको थियो ।
यी कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।