नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ९०० रुपैयाँ र चाँदी ३० रुपैयाँले सस्तो भएको हो । आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ५२० रुपैयाँ रहेको थियो ।