३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो ।
यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १५ हजार २ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )