Trending
Prev Story
Next Story

६४९ मेगावाट बिजुली निर्यातको म्याद सकियो, दैनिक साढे १३ करोड गुम्दै

Ekantipur •
November 17, 2026 • 04:02 AM
3
3 reads 0 reactions

‘अक्टोबरमा निर्यात अनुमतिको म्याद सकिने जानकारी हुँदाहुँदै पनि ऊर्जा मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वबाट समयमै प्रभावकारी पहल भएन’

६४९ मेगावाट बिजुली निर्यातको म्याद सकियो, दैनिक साढे १३ करोड गुम्दै

‘अक्टोबरमा निर्यात अनुमतिको म्याद सकिने जानकारी हुँदाहुँदै पनि ऊर्जा मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वबाट समयमै प्रभावकारी पहल भएन’

काठमाडौँ — भारत र बंगलादेशसँगको मध्यकालीन सम्झौता अवधि सकिए पनि नवीकरणका लागि समयमै पहल नहुँदा नेपालबाट ती देशमा विद्युत् निर्यात रोकिएको छ । भारतमा करिब ६ सय ९ र बंगलादेशमा ४० गरी कुल ६ सय ४९ मेगावाट निर्यात हुँदै आएको थियो । निर्यात रोकिँदा नेपालले दैनिक १३ करोड ५८ लाख २३ हजार रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाइरहेको छ ।

भारतका तीन राज्यमा बिजुली निर्यात हुँदै आएकामा गत १४ कात्तिकमा म्याद सकिएको हो । नेपाल विद्युत् प्राधिकरणले हरेक वर्ष मध्यकालीन सम्झौताको निर्यात अवधि सकिएपछि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा रूपान्तरण गरी बिजुली निर्यात गर्दै आएको थियो । तर यस वर्ष भारतले मध्यकालीन सम्झौताको उक्त बिजुली आईएक्समार्फत निर्यात गर्न अझै अनुमति दिएको छैन ।

हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेश निर्यात हुने थप ४० मेगावाट बिजुलीको अवधि पनि आइतबार सकिएसँगै निर्यात रोकिएको छ । आईएक्समा रूपान्तरण गर्न गत अगस्टमै प्रस्ताव पठाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । द्विपक्षीय सम्झौताअनुसार हरियाणामा ४ सय ४ मेगावाट तथा उत्तर प्रदेश र बिहारमा गरी २ सय ५ मेगावाट (कुल ६ सय ९ मेगावाट) बिजुली निर्यात हुँदै आएको थियो । करिब तीन महिना बितिसक्दा पनि भारतीय पक्षबाट स्वीकृति नआएको श्रेष्ठले जनाए ।

हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेश निर्यात हुने थप ४० मेगावाट बिजुलीको अवधि पनि आइतबार सकिएसँगै निर्यात रोकिएको छ । भारत र बंगलादेशमा निर्यात रोकिँदा प्राधिकरणले दैनिक ठूलो परिमाणमा सम्भावित आम्दानी गुमाइरहेको छ ।

भारतमा विद्युत् निर्यात गर्दा प्रतियुनिट औसत ५.४५ भारतीय रुपैयाँ प्राप्त हुने आधारमा दैनिक ८ करोड ४८ लाख ८९ हजार २ सय भारु (नेपाली करिब १३ करोड ५८ लाख २३ हजार रुपैयाँ) आम्दानी गुम्ने देखिएको हो ।

भारत र बंगलादेशमा गरी अहिलेसम्म १ हजार १ सय ६९ मेगावाट बिजुली निर्यात अनुमति छ, त्यसमा मध्यकालीन सम्झौताअनुसार ६ सय ४९ मेगावाट र आईएक्समार्फत ५ सय २१ मेगावाट निर्यात अनुमति छ, ६ सय ४९ मेगावाटलाई आईएक्समा रूपान्तरण गर्दा नेपालमा बढी उत्पादन भएका बेला निर्यात गर्न सहज हुन्छ ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् आईएक्सको डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा, बिहार र उत्तर प्रदेश राज्यमा समेत विद्युत् निर्यात हुँदै आएको छ ।

अक्टोबरमा निर्यात अनुमतिको म्याद सकिने जानकारी हुँदाहुँदै पनि यसलाई भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वबाट समयमै प्रभावकारी पहल नभएका कारण यो अवस्था आएको प्राधिकरणकै एक अधिकारीको दाबी छ । तर मध्यकालीन सम्झौताअनुरूपको ६ सय ४९ मेगावाट बिजुली आईएक्समार्फत निर्यात गर्न पाउने सुविधामा रूपान्तरण गरिदिन अगस्टमै पत्र पठाइसकिएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

प्राधिकरणका अनुसार अहिले २ हजार ६ सयदेखि २ हजार ७ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । आन्तरिक माग २ हजार २ सयदेखि २ हजार ३ सय मेगावाट हाराहारीमा छ । छठ पर्वसम्म उद्योग पूर्ण रूपमा नचल्दा खपत कम भएको र अतिरिक्त विद्युत् व्यवस्थापन गर्न नसक्दा ठूलो आम्दानी गुम्ने अवस्था सिर्जना भएको हो ।

बिजुली खेर नभई प्रणालीको सुरक्षाका लागि करिब २ देखि ३ सय मेगावाट जगेडा (रिजर्भ) मा राख्नुपर्ने भएकाले उपलब्ध सबै बिजुली निर्यात गर्न नमिल्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए । तामाकोशीजस्ता ठूला आयोजना अचानक बन्द हुँदा आन्तरिक आपूर्तिमा असर नपरोस् भन्नाका लागि यो जगेडा अनिवार्य हुने उनको भनाइ छ ।

बर्खाको समयमा नदीमा पानीको बहाव उच्च हुने हुँदा उत्पादन र निर्यात बढी हुन्छ । तर मंसिरको मध्यपछि नदीमा बहाव घट्दै जाने भएकाले उत्पादनसँगै निर्यात पनि क्रमशः घट्दै जानेछ । हिउँदमा उत्पादन घटी आन्तरिक माग धान्न नै कठिन हुने, उल्टै भारतबाट बिजुली आयात गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

आगामी माघ र फागुनमा करिब ५ सय मेगावाट निरन्तर आयात गर्नुपर्ने तथा पिक आवर (उच्च माग) मा ८ सयदेखि ९ सय मेगावाटसम्म आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ । भारतले आईएक्समार्फत बिजुली बिक्री गर्न स्वीकृति दिए मागभन्दा बढी बिजुली उत्पादन भएको अवस्थामा जुनसुकै समयमा निर्यात गर्न सकिनेछ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
16h ago
बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने

बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने

३० कात्तिक, काठमाडौं । नेपालले बंगलादेशमा ६० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरे पनि भारतको स्वीकृति नपाउँदा थप २० मेगावाट बिजुली निर्यात योजना अन्योलमा परेको छ । नेपाल र बंगलादेशबीच थप विद्युत् निर्यात गर्ने सैद्धान्तिक सहमति …

#निर्यात #भारत
Compare →
Bizshala
18h ago
बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

काठमाण्डौ । वर्षायाममा भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको नेपाल अब हिउँद सुरु भएसँगै पुनः विद्युत् आयात...

#निर्यात #बिजुली
Compare →
Hamro Patro News
21h ago
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

सियोल । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा...

#निर्यात
Compare →
Nagarik News
21h ago
दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

दक्षिण कोरियाले एआई चिप निर्यातबाट एक महिनामै कमायो ७० अर्ब ३५ करोड डलर

अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

#निर्यात
Compare →

Related Stories

Business & Economy
Build #2612