Trending
Prev Story
Next Story

एनपीएलको ‘Powered By’ पार्टनर बन्यो नेपाल लाइफ इन्स्योरेन्स

Arthasansar •
October 05, 2026 • 08:40 AM
2
2 reads 0 reactions

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणमा ‘Powered By’ पार्टनरका रूपमा जोडिएको छ। यसका लागि...

एनपीएलको ‘Powered By’ पार्टनर बन्यो नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणमा ‘Powered By’ पार्टनरका रूपमा जोडिएको छ। यसका लागि नेपाल लाइफ र हिमालय स्पोर्ट्स एचडीबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो।

यस वर्षको एनपीएल टी–२० क्रिकेट प्रतियोगिता कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगिताका खेल टेलिभिजनमार्फत प्रसारण हुनेछन्।

नेपाल लाइफले एनपीएलको प्रसारणसँगको सहकार्यलाई क्रिकेटमार्फत देशका विभिन्न भूगोल, समुदाय र पुस्तासम्म पुग्ने अवसरका रूपमा लिएको जनाएको छ। कम्पनीका अनुसार क्रिकेट पछिल्लो समय खेलकुदमा मात्र सीमित नरही साझा उत्साह र भावनासँग जोडिएको माध्यमका रूपमा स्थापित हुँदै गएको छ।

एनपीएलको प्रसारणमार्फत देशभरका लाखौँ दर्शकलाई एउटै खेलकुद उत्साहसँग जोड्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ। यही माध्यमबाट आफ्नो ब्रान्डलाई नेपाली दर्शकसँग थप जोड्ने लक्ष्य नेपाल लाइफको छ।

कम्पनीले यो सहकार्यलाई प्रसारण साझेदारीमा मात्र सीमित नराखी नेपाली खेलकुदको प्रवर्द्धन तथा विकासमा सहयोग पुर्‍याउने प्रयासका रूपमा समेत व्याख्या गरेको छ। नेपाली खेलप्रतिको रुचि र खेलाडी तथा समर्थकबीचको आत्मीयतालाई थप बलियो बनाउन सहकार्यले भूमिका खेल्ने कम्पनीको अपेक्षा छ।

सम्झौता कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको बताए।

उनका अनुसार खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणसँग जोडिनु नेपाल लाइफका लागि महत्वपूर्ण अवसर हो।

पराजुलीले हिमालय स्पोर्ट्स एचडीसँगको सहकार्यले नेपाल लाइफलाई ठूलो दर्शक समुदायसम्म पुग्ने अवसर दिने बताए। साथै, जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास र भविष्यका लागि जिम्मेवार तयारीको महत्वबारे सन्देश प्रवाह गर्न पनि यस सहकार्यले सहयोग पुर्‍याउने उनको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा सुस्त पिच : पछिल्ला ५ खेलको औसत १११ रन मात्रै, नीशमको आक्रोश- ‘यो टी-२० को स्तर भएन’

एनपीएलमा सुस्त पिच : पछिल्ला ५ खेलको औसत १११ रन मात्रै, नीशमको आक्रोश- ‘यो टी-२० को स्तर भएन’

एनपीएलमा सुस्त पिच : पछिल्ला ५ खेलको औसत १११ रन मात्रै, नीशमको आक्रोश- ‘यो टी-२० को स्तर भएन’ ९ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन उत्कर्षतिर पुग्दै गर्दा कीर्तिपुरस्थ...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
17h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Business & Economy
Build #2612