Trending
Prev Story
Next Story

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

Ekantipur •
November 17, 2026 • 03:02 AM
3
3 reads 0 reactions

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्न आग्रह

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्न आग्रह

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको दिन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउनुपर्ने सुझाव विपक्षी दलका नेताहरूले दिएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रसंघमा जाँदा पनि संसद् र दलहरूलाई बेवास्ता गर्नुभयो, मुलुकको संवेदनशीलतामा रास्वपा र सरकार आफैं अलमलमा छन्, हामीले मुलुकको हितका लागि निरन्तर सुझाव दिइरहेका छौं, सरकारले बेवास्ता गर्दै आएको छ : भीष्म आङ्देम्बे , कांग्रेस संसदीय दलका नेता कार्यकारी प्रमुखको भ्रमणमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्दालाई सम्बोधन गर्नुपर्ने उनीहरूको आग्रह छ । प्रधानमन्त्रीको सचिवालय स्रोतले भने भारत भ्रमणलाई लिएर दलहरूसँग छलफल गर्ने तय भइनसकेको बताएको छ । परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणका मुद्दाबारे दलहरूसँग छलफल गर्ने विषयमा जानकारी नभएको जनाएको छ ।

तर कान्तिपुरसँगको कुराकानीमा विपक्षी दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूले दुई देशबीच थप विश्वासको वातावरण निर्माण गरी कूटनीतिक, आर्थिक र सामाजिक सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । रास्वपाको एकल सरकार बनेपछि नेपाल र भारतबीच केही संशय उत्पन्न भएको भन्दै नेताहरूले प्रमुख दलहरूसँग छलफल गरी साझा राष्ट्रिय सहमतिको प्रस्ताव तयार गर्न आग्रह गरेका छन् ।

पराराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा सरकारले भारतसँग करिब ३ खर्ब रुपैयाँ (२ अर्ब अमेरिकी डलर) सहुलियत ऋण तथा अनुदानको प्रस्ताव अघि बढाउने तयारी गरेको छ । ‘आर्थिक सहायता प्याकेज माग्न खोजेका छौं,’ ती अधिकारीले भने, ‘१ अर्ब अमेरिकी डलर सहुलियत ऋण, ५० करोड डलर अनुदान र भोटेकोशीले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि ५० करोड डलर गरी २ अर्ब डलरभन्दा बढी ऋण र अनुदानका लागि आग्रह गर्ने तयारी छ ।’ कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बेले दलहरूसँग छलफल गरी सुझाव लिएर भारतसँग वार्ता गर्दा फलदायी हुने भए पनि सरकारले राष्ट्रसंघको महासभा र कोपमा जाँदा बेवास्ता गरेको गुनासो गरे ।

यो सरकार बनेपछि भारतसँग विश्वासको जुन संकट छ, प्रधानमन्त्रीको ध्यान त्यसलाई सम्बोधन गर्ने र सम्बन्धको चिसोपनलाई न्यानोपनमा परिणत गर्ने दिशामा केन्द्रित हुनुपर्छ, परियोजनालगायतका विषय त्यसपछि आउँछन् : प्रदीप ज्ञवाली , एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री ‘विदेश भ्रमण वा ठूला सभामा जानुअघि राजनीतिक दलहरूसँग छलफल गर्दा बल पुग्ने भए पनि उहाँ (प्रधानमन्त्री) ले बेवास्ता गर्दै आउनुभएको छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघमा जाँदा पनि संसद् र दलहरूलाई बेवास्ता गर्नुभयो । भ्रमणमा जानुअघि मुलुकको संवेदनशीलता हेरेर प्रस्तुत हुनुपर्थ्यो । सरकार चलाइरहेको रास्वपा र सरकार आफैं अलमलमा छन् । हामीले मुलुकको हितका लागि निरन्तर सुझाव दिइरहेका छौं, सरकारले बेवास्ता गर्दै आएको छ ।’

एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशबीच देखिएको विश्वासको संकट समाधान गरी अन्य मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए । ‘सरकार बनेपछि विश्वासको जुन संकट छ, प्रधानमन्त्रीको ध्यान त्यसलाई सम्बोधन गर्ने र चिसोपनलाई न्यानोपनमा परिणत गर्ने दिशामा केन्द्रित हुनुपर्छ । नेपालले के चाहन्छ भन्ने कुरा स्पष्ट रूपमा राख्ने अवसरका रूपमा भ्रमणलाई प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘परियोजनालगायतका विषय त्यसपछि आउँछन् । मित्रराष्ट्रबीच विशेषगरी छिमेकीसँगको सम्बन्धमा विश्वास सबैभन्दा ठूलो कुरा हो, त्यसैले विश्वासको संकट समाधान गर्ने विषयलाई प्रधानमन्त्रीले भ्रमणको प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।’

प्रधानमन्त्रीको भ्रमण देशकै प्रतिनिधित्व भएकाले त्यसलाई ख्याल गरेर भारतसँग संवाद गर्न ज्ञवालीको सुझाव छ । ‘प्रधानमन्त्रीले गर्नुहुन्छ भन्नेमा मलाई त्यति धेरै विश्वास छैन, तर भारत भ्रमणमा जाँदा आफ्नो साथमा सिंगो देश छ भन्ने विश्वास लिएर जान सक्नुपर्छ,’ उनले थपे, ‘सत्तारूढ दलभित्रका विभिन्न घटक र समूह मात्रै होइन, प्रतिपक्षसमेत यस एजेन्डामा प्रधानमन्त्रीको साथमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’ शाह भारत भ्रमणमा जानुअघि सबै पक्षसँग सर्वपक्षीय संवाद गरेर र सुझाव लिएर जानु उपयुक्त हुने उनको भनाइ छ ।

जेन–जी आन्दोलनपछि भारत र चीन दुवै छिमेकीले नेपालको भूराजनीतिक अवस्थालाई चासोका साथ हेरिरहेका छन्, केही संशय मेटाउनुपर्ने स्थिति रहेको छ, सबैभन्दा पहिलो कुरा आशंका कसरी मेटाउने र राम्रो सद्भावपूर्ण सम्बन्ध कसरी कायम गर्ने भन्ने हो : नारायणकाजी श्रेष्ठ , नेकपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नेकपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियतासहितका प्रमुख मुद्दामा राष्ट्रिय सहमति कायम गरेर मात्र प्रधानमन्त्री भारत भ्रमणमा जानुपर्ने सुझाव दिए । ‘राष्ट्रिय सहमति हुनुपर्छ, राष्ट्रिय सहमतिका लागि पहिले दृष्टिकोण स्पष्ट हुनुपर्छ । दोस्रो कुरा, यहाँका सबै दल र अन्य राष्ट्रिय शक्तिहरूसँग सहमति आवश्यक छ,’ उनले भने, ‘जहाँसम्म एजेन्डाको कुरा छ, त्यो भन्दा पहिलो कुरा त भारत र नेपालबीचको सम्बन्ध धेरै महत्त्वपूर्ण छ भन्ने आत्मसात् गर्दै दुई देशबीच देखिएका आशंकाहरू चिर्न सक्नुपर्छ ।’

जेन–जी आन्दोलनपछि भारत र चीन दुवै छिमेकीले नेपालमा देखिएको भूराजनीतिक अवस्थालाई चासोका साथ हेरिरहेको उल्लेख गर्दै नेता श्रेष्ठले दुई देशको सम्बन्धबारे केही संशय मेटाउनुपर्ने स्थिति रहेको बताए । ‘भारत र चीनले नेपालको भूराजनीतिक अवस्थालाई चासोका साथ हेरिरहेका छन् । त्यसमा सरकारको भूमिका के हुने हो र कस्तो सम्बन्ध राख्न खोजेको भन्नेमा आशंकाको स्थिति विद्यमान छ,’ उनले थपे, ‘त्यसकारण सबैभन्दा पहिलो कुरा आशंका कसरी मेटाउने र राम्रो सद्भावपूर्ण सम्बन्ध कसरी कायम गर्ने भन्नेमा ध्यान दिनुपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले उत्तर–दक्षिणलाई सन्तुलनमा राखेर तय हुने परराष्ट्र नीतिलाई ध्यान दिन आग्रह गरे । ‘परराष्ट्र नीतिमा सन्तुलन भनेको हाम्रा आवश्यकताका आधारमा दुवै देशलाई सहमत गराएर अघि बढ्नु हो,’ उनले भने, ‘उत्तर (चीन) सँग हाम्रो प्रतिफल प्राप्त गर्ने किसिमको व्यावसायिक, आर्थिक वा सुरक्षाको सम्बन्ध छ । दक्षिण (भारत) सँग पनि आर्थिक, व्यापारिक, जनस्तर र सांस्कृतिक सम्बन्ध छ । यस्ता सम्बन्धले हाम्रो परराष्ट्र नीति र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसमेत निर्धारण गर्छन्, तर परराष्ट्र नीतिलाई आन्तरिक खपतको विषयवस्तु बनाउनु हुँदैन ।’ उनले परराष्ट्र नीतिलाई आन्तरिक विवादको विषय नबनाई संवेदनशील भएर राष्ट्रिय एकताकै आधारमा अघि बढ्नुपर्ने सुझाव दिए । नेता ज्ञवालीले नेपाल र भारतबीच समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधानको दिशामा अघि बढ्नुपर्ने बताए ।

‘नेपाल र भारतबीच इतिहासले अधुरा राखेका सन्धि सम्झौतालगायत थुप्रै एजेन्डा छन्, अहिलेको सरकार वा भारत सरकार ती समस्याका लागि जिम्मेवार हुन् भन्ने होइन, तर इतिहासदेखि थाती रहेका अनेकौ मुद्दा छन् । जस्तो, सीमासम्बन्धी केही विषय टुंगिएका छैनन्,’ उनले भने, ‘विगतमा भएका सन्धिका कतिपय प्रावधानले हाम्रो राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याइरहेको अवस्था छ । यस्ता कतिपय विषयमा सन्धि पुनरावलोकन गर्नुपर्ने र केही विषय पुनः उठाउन आवश्यक छ । ती कुरालाई प्रधानमन्त्रीले स्पष्ट राख्न सक्नुपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले पुराना सन्धि पुनरावलोकन गर्ने सम्बन्धमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनमाथि पनि प्रधानमन्त्रीले भारत भ्रमणका बेला छलफल गर्नुपर्ने बताए । ‘ईपीजीबारे भारतले के भन्छ भन्ने पनि महत्त्वपूर्ण छ, त्यसको व्यावहारिक अवस्था के हुने हो ? त्यसलाई व्यावहारिक रूपमै थन्क्याएर राखिरहने हो कि होइन ?’ उनले भने, ‘ईपीजी प्रतिवेदन बुझ्ने वातावरण बनाउनुपर्छ ।’ जलवायुजन्य प्राकृतिक विपद् व्यवस्थापनमा नेपाल, चीन र भारतबीच एउटा समन्वयात्मक संरचना बनाउने गरी छलफल गर्न उनले सुझाए ।

अर्का पूर्वपरराष्ट्रमन्त्री साउदले व्यापार घाटा कम गर्नेबारे प्रधानमन्त्रीले प्रस्ताव राख्न सक्ने सुझाव दिए । ‘नेपालको भारतसँग दुईतिहाइ व्यापार छ, तर नेपाल ठूलो व्यापार घाटामा छ, हाम्रो व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले भारतीय बजारसम्म नेपाली सामानको पहुँच विस्तार गर्ने सम्भावना खोज्नुपर्छ,’ उनले भने, ‘विशेषगरी नेपालका खानीबाट उत्पादित कच्चा सामग्री भारतमा निर्यात गर्ने, कृषिजन्य उत्पादन, खासगरी पहाडी क्षेत्रमा उत्पादन हुन सक्ने फलफूल, पशुपन्छीजन्य वस्तुलगायत उत्पादन भारतमा निर्यात गर्न सक्ने सम्भावना छ ।’

जसपाका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले राष्ट्रिय हित, सीमा विवाद, सुरक्षा, लगानी, जलस्रोत, व्यापारलगायतका विषयमा फलदायी वार्ता गर्न आग्रह गरे । ‘नेपाल–भारतबीचमा कहिलेकाहीं उठ्दै आएको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने संयन्त्र बनाउनुपर्छ, नेपालले भूपरिवेष्टित मुलुकका रूपमा पाउनुपर्ने सुविधाका लागि कुरा गर्नुपर्छ,’ उनले भने, ‘सम्बन्ध बलियो र विश्वसनीय बनाउन भूमिका खेल्नुपर्‍यो, भारतबाट नेपालको विकासका लागि लगानी, पुँजी र प्रविधि कसरी भित्र्याउनेबारे वार्ता गर्न सकिन्छ ।’

उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकका समस्यालगायतका विषय उठाउन उचित हुने बताए । नेपालमा आउने प्राकृतिक विपद् व्यवस्थापन गर्न दुई देशबीच आवश्यक संयन्त्र बनाउनेबारे सहमति गर्न सक्ने अवसर पनि प्रधानमन्त्रीसँग भएको यादवको भनाइ छ ।

गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव

भारत भ्रमणमा जानुअघि राष्ट्रिय सहमतिमा एजेन्डा तय गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार...

#भारत #भ्रमण #जानुअघि
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्री शाहलाई एमाले नेताको सुझाव : भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउनु होला

प्रधानमन्त्री शाहलाई एमाले नेताको सुझाव : भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउनु होला

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

#सुझाव #भारत #भ्रमण
Compare →
Onlinekhabar
17h ago
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन । यसले …

#भारत #भ्रमण
Compare →
Bizshala
18h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#भारत #भ्रमण
Compare →
Arthasansar
1d ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612